ट्वेन्टी–ट्वेन्टी विश्वकप सुरु: अफगानिस्तान र जिम्बाबेको विजयी यात्रा सुरुवात ।।
२६ फागुन बुधबार २०७२
आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप
क्रिकेटमा अफगानिस्तान र जिम्बाबेले विजयी सुरुवात गरेका छन् । पहिलो चरण अन्तर्गत
मंगलबार बेलुका भारतको नागपुरमा भएको समूह ‘बी’
अन्तर्गतको खेलमा
जिम्बाबेले हङकङलाई १४ रन तथा अफगानिस्तानले स्कटल्याण्डलाई पनि १४ रनले हरायो ।
पहिलो खेलमा जिम्बाबेले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको हङकङले ६
विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो । उसका लागि जामिए एतकिनसनले ५३ तथा
तनविर अफजलले नटआउट ३१ रन बनाएपनि हार टार्न सकेनन् । जिम्बाबेका डोनाल्ड टिरिपानो
र टेनडाइ चतराले समान दुई दुई विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको जिम्बाबेले
पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका वुसी सिबान्डाले
५९ तथा एल्टोन चिगुम्बुराले नटआउट ३० रन बनाए । हङकङका तनविर अफजल र एजाज खानले
समान दुई दुई विकेट लिए । अर्को खेलमा अफगानिस्तानले प्रस्तुत गरेको एक सय ७१ रनको
लक्ष्य पछ्याएको स्कटल्याण्डले पाँच विकेटको क्षतिमा एक सय ५६ रन मात्रै बनायो ।
उसका लागि जर्ज मुनसेयले ४१, कायल कोट्जरले ४० तथा म्याट मचानले ३६ रन बनाए ।
अफगानिस्तानका रशिद खानले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको
अफगानिस्तानले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । उसका लागि मोहम्मद शहजादले ६१
तथा अस्गर स्टानिकजाइले ५५ रन बनाए । भारतमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको
पहिलो चरणमा गएको वर्ष भएको छनौट प्रतियोगिताबाट छानिएका स्कटल्याण्ड, आइरल्याण्ड, हङकङ, नेदरल्याण्ड, अफगानिस्ता र ओमन
तथा आइसिसीका दुई पूर्ण सदस्य बंगलादेश र जिम्बाबेले खेल्नेछन् । दुई समूहमा
विभिजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने दुई टिम दोस्रो चरण अर्थात
सुपर टेनमा प्रवेश गर्ने छन् । पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्याण्ड, आइरल्याण्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्याण्ड, हङकङ र अफगानिस्तान छन् । 
0 Response to "ट्वेन्टी–ट्वेन्टी विश्वकप सुरु: अफगानिस्तान र जिम्बाबेको विजयी यात्रा सुरुवात ।।"
Post a Comment