संविधान निर्माण पछि ठूला दल एक ठाउँमा नआउनु दुर्भाग्यः कृषिमन्त्री गजुरेल
फाल्गुण १८
रामेछाप
कृषि विकास
मन्त्री हरिवोल गजुरेलले संविधान निर्माण पछि ठूला दलहरु एक ठाउँमा आउन नसक्नु
दुर्भाग्यपूण भएको बताउनुभएको छ । संविधान बनाउने बेलामा एकै ठाउँमा रहेका
काँग्रेस, एमाले र एमाओवादी अहिले
एकै ठाउँमा नहुनु दुर्भाग्यपूण भएको उहाँले बताउनुभयो । रामेछापको सदरमुकाम
मन्थलीमा सोमबार भएको २१ औ जिल्ला परिषदको निर्णय सार्वजनिकरण कार्यक्रमा
बोल्नुहुदै एमाओवादी नेता समेत रहेका गजुरेलले तीन पार्टी
एक ठाउँमा नआएसम्म संविधान कार्यान्वयनको काम जटिल हुने बताउनुभयो । गजुरेलले
काँग्रेसलाई सरकारमा ल्याउनको लागि प्रयत्न भईरहेको पनि खुलासा गर्नुभयो ।
नेपालको
राजनीतिमा राजनीतिक दलहरुले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै ब्रेक गर्न
बाँकि रहेको मन्त्री गजुरेलले बताउनुभयो । उहाँले जतिबेलासम्म व्यवहारमा ब्रेक
हुँदैन तबसम्म देशले गति लिन नसक्ने पनि बताउनुभयो । जनताहरुले छिटो छिटो आर्थिक, सामाजिक क्षेत्रमा
परिवर्तन होस् भन्ने आशा गरेका भए पनि त्यो अनुसारको परिवर्तन हनु नसक्दा
असन्तुष्टि र निराशा बढ्दै गएको उहाँले बताउनुभयो । कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य
धावा लामा, जिल्ला स्थिति राजनितिक
दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी
शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पनि
जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभएको
छ ।
कार्यक्रममा
रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले जिविसको आर्थिक वर्ष ०७३÷०७४ को कुल ३ अरव ६१ लाख
३७ हजार ७८ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । जसमा चालु तर्फ १
अरव ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।जिल्ला विकास समितिले आगामी वर्षका
योजनामा भौतिक पुर्वाधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई
पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुङ्गेपुल निर्माण तथा मर्मत, बैकलल्पीक उर्जा, सहरी पूर्वाधार विकास
लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् ।त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला
विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको
पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।
0 Response to "संविधान निर्माण पछि ठूला दल एक ठाउँमा नआउनु दुर्भाग्यः कृषिमन्त्री गजुरेल"
Post a Comment