फ्रान्समा आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप
१८ फागुन मंगलबार-२०७२
फ्रान्सको कालेय
बन्दरगाहस्थित ब्रिटेन जान खोज्ने आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप
भएको छ ।ती अस्थायी टहरालाई जंगल नामले चिनिने गरिएको छ । कम्तिमा १२ वटा टहरा
आगोले ध्वस्त भएका छन् । अस्थायी टहरा भत्काउने टोलीमाथि ढुंगामुढा गरेका
आप्रवासीहरुमाथि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
बन्दरगाहतिर जाने बाटोतर्फ आप्रवासीको समूह
अघि बढ्न खोज्दा टहराबाहिर तनाव बढेको थियो । आप्रवासीहरुलाई अर्को स्थानमा
सर्नुपर्ने बताइए पनि अन्यत्र जाँदा शरण लिने प्रक्रिया पूरा गर्नुपर्ने उनीहरुको
आशंका छ ।यसबाट ब्रिटेन पुग्ने आफूहरुको आशा सकिने उनीहरुको भनाई छ । फ्रान्स
सरकारले आप्रवासीहरुलाई राख्ने केन्द्रमा उनीहरुलाई स्थानान्तरण गर्न खोजिरहेको छ
। अस्थायी शिविरमा बसिरहेका आप्रवासीहरु मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका छन् । 
0 Response to "फ्रान्समा आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप"
Post a Comment