प्रिमियर लिगको उपाधि टोटनह्यामले जित्छ’
१८ फागुन
मंगलबार -२०७२
लिसेस्टर सिटीका प्रशिक्षकले यस पटक
इंग्लिस प्रिमियर लिगको उपाधि टोटनह्यामले जित्ने बताएका छन् । प्रिमियर लिगको
शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरीले यो पटक
टोटनह्यामले निकै राम्रो प्रदर्शन गरेकाले उसैले उपाधि जित्ने बताएका हुन् ।
लिसेस्टर लिगका ११ खेल बाँकी हुँदा टोटनह्याम भन्दा दुई अंकले अघि छ । दोस्रो
स्थानको टोटनह्यामको २७ खेलबाट ५४ अंक छ । लिसेस्टरको समान २७ खेलबाट ५६ अंक छ ।
टोटनह्याम सन् २००९/१० सिजनको पहिलो हप्तापछि अहिलेसम्म लिगको शीर्ष स्थानमा पुग्न
सकेको छैन ।
तर चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका
लिसेस्टरका प्रशिक्षक रानिएरीले टोटनह्यामले ५५ वर्षदेखिको प्रिमियर लिगको उपाधि
पर्खाइ यो सिजन सकिने बताउनुभयो । टोटनह्यामले पछिल्लो पटक सन् १९६०/६१ को सिजनमा
प्रिमियर लिगको उपाधि जितेको थियो । टोटनह्याम अहिले सबै पक्षमा बलियो रहेको र
उसैले उपाधि जित्ने उनको भनाई छ । लिसेस्टर अबको खेलमा वेष्ट ब्रोमसँग पराजित भए
तथा टोटनह्यामले वेष्ट ह्यामलाई हराउन सकेमा टोटनह्याम लिगको शीर्ष स्थानमा पुग्ने
छ । तेस्रो स्थानको आर्सनल भने शीर्ष स्थानको लिसेस्टर भन्दा पाँच तथा टोटनह्याम भन्दा
तीन अंकले पछि छ ।
0 Response to "प्रिमियर लिगको उपाधि टोटनह्यामले जित्छ’"
Post a Comment