इराकमा ठूलो बाँध फुट्ने खतरा, १५ लाख नागरिक जोखिममा ।।
१८ फाल्गुण¸ मंगलबार-२०७२
इराकमा ठूलो बाँध
फुट्ने खतरा बढेपछि १५ लाख नागरिकको ज्यान जोखिममा पर्ने देखिएको छ । इराकको
मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको छ । इराकमा रहेको अमेरिकी दूतावासका
अनुसार मोसुल बाँध फुटेमा १५ लाखभन्दा धेरै मानिस प्रभावित हुनछन् । धेरैको
नागरिकको मृत्यु हुन सक्ने वीवीसीले जनाएको छ । सन् २०१४ मा ११ दिन बाँधमा
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जा माएको थियो । यसका कारण मर्मतको काम
हुन सकेको थिएन । बाँध फुटेमा टिगरिस नदीको आसपासमा बसोबास गर्दै आएका १५ लाखभन्दा
धेरै मानिस प्रभावित हुने र बाढीका कारा उनीहरुको मृत्यु हुन सक्ने दूतावासले
चेतावनी दिएको वीवीसीले जनाएको छ । मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका
लागि लागि ६ किलोमिटर पर जानु पर्नेछ । सन् १९८४ मा निमार्ण भएको मोसुल बाँध
इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको
बताउने गरिएको छ ।
0 Response to "इराकमा ठूलो बाँध फुट्ने खतरा, १५ लाख नागरिक जोखिममा ।।"
Post a Comment