कांग्रेस महाधिवेसनको अन्तिम तयारीमा ,गुटभित्र नै कुरा नमिलेपछि उम्मेद्वारी घोषणा गर्न समस्या।।
१८ फाल्गुण¸ मंगलबार-२०७२
नेपाली कांग्रेस
१३ औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । उद्घाटन बिमहिबार फागुन २० गते
काठमाण्डुको खुलामञ्चमा हुने भएकाले त्यसको तयारीमा कांग्रेस जुटेको छ । प्रतिनिधि
छनौट, नीति र विधानको काम
सकिएकाले अब प्राविधिक तयारी, प्रतिनिधिकोे
व्यवस्थापनमा जुटेको छ । उद्घाटन समारोहमा सम्पूर्ण शीर्ष नेतासहित २ सय ४० वटै
निर्वाचन क्षेत्र, विदेशस्थित
सम्पर्क समितिहरुबाट आएकासमेत गरी करिब ३२ सय प्रतिनिधि सहभागी हुनेछन् । फागुन २४
गतेसम्म चल्ने महाधिवेशनमा सम्पर्क समिति र भ्रातृ संगठनका प्रतिनिधिले समेत भाग
लिनेछन् । महाधिवेशनको बन्द सत्र फागुन २१ देखि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र
हुनेछ । कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले महाधिवेशनको तयारी अन्तिम
चरणमा रहेको र बुधबार दिउँसोसम्म सबै तयारी पुरा हुने बताउनुभयो । उहाँका अनुसार
बुधबार बिहान पदाधिकारीको बैठक बसेर सबै तयारी र बन्द सत्रका विषयमा छलफल गर्नेछ ।
फागुन २२ मा प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गर्ने र २३ मा निर्वाचन हुनेछ तालिका
छ । यसपटक विद्युतीय प्रणालीअनुसार मतदान गर्ने योजना कांग्रेसले बनाएको छ ।
यसैबिच कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका गुटगत प्रतिस्पर्धा हुने
भएको छ । यसअघि दुईवटा गुट देखिए पनि यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने
देखिएको छ । संस्थापन पक्षबाट दुईवटा र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको एउटा
गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति
रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरे पनि महामन्त्री कृष्णप्रसाद
सिटौलासहित नेताले पनि सभापति प्रत्यासी बन्ने बताउँदै आएका छन् । संस्थापनबाट
एउटै उम्मेदवार बनाउने मंगलबार प्यानलसहित म्मेदवारी घोषणा गर्ने तयारीमा
गर्नुभएको छ । सस्थापन पक्षले बेलुकासम्म उम्मेद्वारको टुङ्गो लगाउने र बुधबार
बिहान घोषणा गर्ने जनाएको छ । सस्थापनले भोलि घोषणा गर्ने भएपछि देउवा पक्ष पनि
पर्खिने मनस्थितिमा छ । त्यस्तो अवस्थामा भोलि नै देउवा पक्षले उम्मेद्वारी घोषणा
गर्ने उहाँ निकटका नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । सस्थापन पक्षमा
पौडेल र सिटौलाबीच गएराती छलफल भए पनि सहमति जुटेको छैन । सहमति नजुटे पौडेलले
बुधबार १२ बजेभित्र आफ्नो हिसावले उम्मेद्वारी घोषणा गर्नुहुनेछ । मंगलबार पनि
दुवै पक्ष आफ्ना सम्पर्क कार्यालयमा छलफलमा व्यस्त रहनेछन् । पार्टी नेतृत्वका
लागि वरिष्ठ नेता देउवा, कार्यवाहक सभापति
पौडेलका साथै सिटौला र सुजाताले आकांक्षा राख्दै आएका छन् ।
0 Response to "कांग्रेस महाधिवेसनको अन्तिम तयारीमा ,गुटभित्र नै कुरा नमिलेपछि उम्मेद्वारी घोषणा गर्न समस्या।।"
Post a Comment