नेपाली मुद्रा कमजोर हुँदा पनि फाइदै फाइदा
१८ फागुन¸मंगलबार-२०७२
अमेरिकी डलरको
भाउमा हुने उतारचढावले वाह्य पर्यटकको आगमन दर निर्धारण गर्छ । यदि पर्यटकहरुलाई
आकर्षण गर्न सक्यौं भने मनग्गे लाभ लिन सकिन्छ । किनकी विदेशीले ल्याएको कम
मुद्राले पनि धेरै नेपाली रुपैयाँ पाउँछन् ।कम लागतमै भ्रमण सम्पन्न गर्न सकिने
हुँदा मध्यम आयस्तर भएका पर्यटकले समेत नेपाल घुम्न सक्छन् भने पर्यटकको बसाई अवधि
लम्बिने, खर्च गर्ने प्रवृत्ति बढ्न सक्छन् । यसले
पर्यटन उद्योग फस्टाउन सक्छ ।
दोस्रो फाइदा :
वैदेशीक लगानी भित्रन सक्छ
अमेरिकी डलरसँग
नेपाली मुद्रा कमजोर हुँदा वैदेशीक लगानी भित्रने सम्भावना पनि बढ्छ । ‘पहिले एक डलर लगानी गर्दा ९० रुपैयाँ मात्र लगानी गरेको
हुन्थ्यो वा ९० रुपैयाँ मात्र लगानी गरेको मानिन्थ्यो । अब एक डलर लगानी गर्दा एक
सय १० रुपैयाँ लगानी हुने हुन्छ । तसर्थ
सरकारले लगानीको वातावरण बनाउन सके लगानी बढ्ने प्रचुर सम्भावना हुन्छ ।’ नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख
भिष्मराज ढुंगानाले भन्नुभयो ।
0 Response to "नेपाली मुद्रा कमजोर हुँदा पनि फाइदै फाइदा"
Post a Comment