सुनको भाउ फेरि बढ्यो¸तोलाको ५६ हजार ५ सय।

१८ फागुन मंगलबार-२०७२

सुनको भाउ मंगलबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ पाँच सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ नै थियो ।
तर हप्ताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५६ हजार कायम भएको थियो ।सोमबार स्थिर रहेको सुनको भाउ फेरि बढेको हो । चाँदीको भाउ भने स्थिर छ । चाँदी अघिल्ला दिन जस्तै तोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


0 Response to "सुनको भाउ फेरि बढ्यो¸तोलाको ५६ हजार ५ सय।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ