इटालियन सिरी ए प्रतियोगितामा नापोली बराबरीमा रोकियो, युभेन्टसभन्दा ३ अंकले पछि
१८ फाल्गुण- मंगलबार-२०७२
नापोलीले शीर्ष
स्थानको युभेन्टससँगको अंक दूरी एकमा झार्ने मौका गुमाएको छ । इटालियन सिरी ए
अन्तर्गत मंगलबार बिहान भएको खेलमा नापोली फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकियो । छैटौं मिनेटमा मार्कोस
अलोन्सोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको एक
मिनेटपछि नै नापोलीका ग्वोन्जालो हेग्युइनले बराबरी गोल फर्काए । त्यसपछि खेलमा
दुवै तर्फबाट गोल हुन सकेन । बराबरीपछि
दोस्रो स्थानको नापोली युभेन्टस भन्दा तीन अंकले पछि परेको छ । नापोलीको २७
खेलबाट ५८ अंक भएको छ । शीर्ष स्थानको युभेन्टसको समान २७ खेलबाट ६१ अंक छ । २७
खेलबाट ५३ अंक जोडेको फियोरेन्टिना चौंथो स्थानमा छ । सिरी ए अन्तर्गत अर्को खेलमा
सासुओलोले लाजिओलाई २–० ले हराएको छ ।
0 Response to "इटालियन सिरी ए प्रतियोगितामा नापोली बराबरीमा रोकियो, युभेन्टसभन्दा ३ अंकले पछि"
Post a Comment