तिम्रा लागी उपहार
मनको दैलो उघारेर हेर प्रिय तिम्रा लागी प्यार ल्याएको छु ।
हिजोको कुरा
फेरि सम्झ काली तिम्रा लागी उपहार ल्याएको छु ।
कस्तो
माया गर्यौ सानी तिमिले एक्कासी हिजो भुल्नै सकिन मैले ।
खुसि भएर हेर काली तिम्रा लागी खुसिको बहार ल्याएको छु ।
आखिर नहुनु
भैसक्यो हिजो ¸त्यसलाई मायाको सुरुवात सम्झी मनमा सजाए ।
आँसु नबगाई हेर
प्यारी तिम्रा लागी छुट्टै संसार ल्याएको छु ।
नवराज
श्रेष्ठ-नयन पुरानागाउँ रामेछप
0 Response to "तिम्रा लागी उपहार"
Post a Comment