शैक्षिक सत्रको सुरुमै रामेछापका वालवालिकाहरुले पढ्ने पुस्तक पाउने सम्भावना न्युन ।।

१५ चैत्र सोमबार २०७२

आगामी शैक्षिक सत्र २०७३÷७४ मा पनि रामेछापका सरकरी विद्यालयका वालावालिकाहरुले समयमै पाठय्पुस्तक नपाउने भएका छन ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ जिल्ला शाखा रामेछाको आईतबार  मन्थलीमा बसेको बैठकले  यसअघि शैक्षिक सत्र २०७१÷७२ का लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड द्धारा खरिद गरिएका सरकारी पाठ्यपुस्तकहरुको ढुवानी बापत पाउनु पर्ने थप कमिशन रामेछाप जिल्लाका अधिकास विक्रेताहरुले हाल सम्म पनि नपाएकोले सो कमिशन  नपाएसम्म जिल्लाका कुनै ब्यवसायिहरुले पनि पाठयपुस्तक जिल्लामा नल्याउने निर्णय गरेका कारण वालवालिकाहरुले समयमै पाठ्यपुस्तक नपाउने भएका हुन् ।यसैविच महासंघले गरेको निर्णय बुझाउन जिल्ला शिक्षा कार्यालय रामेछाप पुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघको टोलीलाई जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बेलैमा पाठ्य पुस्तक जिल्लामा  ल्याएर विद्यालयका वालवालिकाहरुलाई उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । तर पुस्तक ब्यवसायिहरुले भने  हरेक वर्ष सेट संख्यामा  जनक शिक्षा सामाग्री लिमिटेडले पुस्तक उपलब्ध नगराउने गरेको कारण र ढुवानी कमिशन नपाएका कारण दुबै समस्या समाधान नभएसम्म पाठ्यपुस्तक जिल्लामा नल्याउने अडान लिएका छन ।    

0 Response to "शैक्षिक सत्रको सुरुमै रामेछापका वालवालिकाहरुले पढ्ने पुस्तक पाउने सम्भावना न्युन ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ