उत्तर कोरियाको एक पानी जहाज फिलिपिन्सको नियन्त्रणमा ।।
२३ फागुण आईतबार २०७२
फिलिपिन्सले उत्तर कोरियाको एक पानी जहाज नियन्त्रणमा लिएको
छ । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध
लगाइरहेकै बेला फिलिपिन्स प्रवेश गरेको उत्तर कोरियाली पानी जहाज नियन्त्रणमा
लिइएको हो ।नियन्त्रणमा लिइएको पानीजहाज उत्तर कोरियाको जहाजरानी कम्पनीको रहेको र
उत्तर कोरियाको ३१ वटा ठूला पानीजहाज मध्ये एक भएको वीवीसीले जनाएको छ । बीउ
बिजनसहितको उक्त जहाज नियन्त्रणमा लिएपनि चालकदलका सदस्यलाई भने उत्तर कोरियाकै
जिम्मा लगाइने छ । पानीजहाज भने फिर्ता नगर्ने फिलिपिन्स सरकारको भनाई छ ।
0 Response to "उत्तर कोरियाको एक पानी जहाज फिलिपिन्सको नियन्त्रणमा ।।"
Post a Comment