पत्रकार महासंघ रामेछापको आँठौ साधारण सभा सदरमुकाम मन्थलीमा सम्पन्न।।
१९
फागुण बुधबार २०७२
नेपाल
पत्रकार महासंघ जिल्ला साखा रामेछापको आँठौ साधारणसभा सदरमुकाम मन्थलीमा बुधबार
सम्पन्न भएको छ । महासंघका अध्यक्ष रमेश ढुङगेलको अध्यक्षतामा भएको कार्यक्रमको
प्रमुख अथिति रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनाराण पौडेल रहनु भएको थियो भने
विशिष्ठ अथिति केन्द्रीय सदस्य चिरन्जीवी मास्के हुनुहुन्थ्योे। कार्यक्रममा
प्रमुख अथिति पौडेलले मुलुकलाई अगाडि लैजान पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने
बताउनुभएको छ । उहाँले रामेछापका पत्रकारहरुको बिकाशका लागी आफ्नो पक्षबाट सक्दो
सहयोग गर्ने बताउनु हुदै नागरिकमा सूचना पु¥याउदा
सहि सूचना दिन पनि पत्रकारहरु संग आग्रह गर्नुभयो । त्यस्तै केन्द्रीय सदस्य
मास्केले पत्रकार महासंघ केन्द्रले रामेछापका पत्रकारहरुको बृद्धि बिकाशका लागी
सहयोग पुग्ने कार्यक्रम ल्याउने आश्वासन दिनुभएको छ ।
उहाँले
नागरिकमा सही सूचना सम्प्रेषन गर्ने काम पत्रकारहरुका भएकाले सुचना दिने र लिने
क्रममा चुनौतीहरुको सामना गर्नुपर्ने भएकाले धेरै कुरामा ध्यान पु¥याउन रामेछापका पत्रकारहरुलाई आग्रह
गर्नुभयो । मास्केले व्यवसायीक पत्रकारीका गर्नेहरुलाई मात्र महासंघको सदस्या दिने
भन्ने कुरामा पुर्ण सहमत जनाउनुहुदै कुन पत्रकार व्यसायीक पत्रकार हो र कुन
पत्रकार हैन भन्ने कुराको टुङगो लगाउने काम जिल्ला साखाकै भएको पनि बताउनुभयो ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष नविन केसिले आर्थिक बर्षहरु २०७०÷७१ र २०७१÷७२ को आर्थिक प्रतिबेदन प्रस्तुत
गर्नुभएको थियो भने सचिव तुलसिदेबि श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत
गर्नुभएको थियो ।
0 Response to "पत्रकार महासंघ रामेछापको आँठौ साधारण सभा सदरमुकाम मन्थलीमा सम्पन्न।।"
Post a Comment