काठमाण्डौ । असोज १३, बिहिबार । भारतले पाकिस्तानसँगको सीमा क्षेत्र काश्मिरको नियन्त्रण रेखामा

आतंकवादी विरुद्ध भन्दै सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक्स’ गरेको छ । भारतीय पक्षको फायरिङमा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले जनाएको छ । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले बुधबार राति पाकिस्तानी सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा आतंकवादी जम्मा भएको सूचना पाएपछि कारबाही गरेको बताएको बिबिसीले जनाएको छ । पाकिस्तानी आतंकवादीले आक्रमणको योजना बनाइरहेकाले त्यसलाई रोक्न कारबाही गरेको उहाँले दाबी गर्नुभयो । यो कारबाही सकिएको र यसलाई निरन्तरता नदिने भारतले जनाएको छ । लेफ्टिनेन्ट जनरल सिंहले भारत कुनैपनि परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहेको बताउनुभएको छ । यो महिना पाकिस्तानी आतंककारीले २० भन्दा बढी पटक भारतमा घुसपैठ गरेर मुख्य शहरमा हमला गर्ने योजना बनाएको उहाँले आरोप लगाउनुभयो । सीमा क्षेत्रमा बुधबार राति साढे २ बजेदेखि बिहान ८ बजेसम्म गोली चलेको थियो । पाकिस्तानी सेनाले पनि सीमा क्षेत्रमा भारतले गोलाबारी गरेको पुष्टि गरेको छ । पाकिस्तानी सेनाले आफू चुपचाप रहेका बेला भारतले एकतर्फी रुपमा भिम्बर, हट स्प्रिङ, केल र लीमा सेक्टरमा गोलाबारी गरेकोे जनाएको छ । पाकिस्तानले गोलाबारीमा आफ्ना दुई जना सैनिकको ज्यान गएको दावी पनि गरेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले गोलाबारीमा मारिएका सैनिकलाई श्रद्धान्जली दिँदै भारतको कदम खुला अत्याचारको भएको भन्दै निन्दा गर्नुभएको छ । पाकिस्तानी सेनाले अब आफ्नो जमिनमा कुनै सर्जिकल स्ट्राइक्स भएमा त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ ।
म्याग्दी, असोज १३ गते,बिहिबार । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि

मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् ।सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ ।बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो ।सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिए । बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एक–एकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।
रामेछाप । असोज १३ गते,बिहिबार
रामेछाप जिल्लाको ग्रामीण भेगबाट सदरमुकाम आउन सर्वसाधारणले ज्यान नै जोखिममा राखी यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण भेगको सदरमुकाम मन्थली जोडिने महत्वपूर्ण बाटोको रुपमा रहेको बिभिन्न सडकखण्डमा रहेका ठूला–ठूला खाल्डा सम्बन्धित निकायले मर्मतसम्भार नगर्दा सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य भएका हुन् ।
नेपालीहरुको महान पर्व विजयादशमी तिहार जस्ता पर्व नजिकिदै गदै सडकका कारण यात्रुहरु मारमा परेका छन् । दशैका लागी सामान किनमेल गर्न ग्रामिण क्षेत्रबाट सदरमुकामसम्म आउँने सडकहरु खाल्डाखुल्डी र हिलाम्मे हुदाँ सर्वसाधारणको ज्यान जोखिममा परेको छ ।
सहरी क्षेत्रबाट गाउँ चाड बाड मान्न आउनेलाई पनि सडकको कारण समस्या परेको छ ।
विशेषगरी रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट गाल्वा, दोम्बा, दिमीपोखरी, टोकरपुर जाने सडकको अवस्था दयनिय छ । सकडमा घण्टौँसम्म यातायताका साधनहरु फसेर बस्ने गर्दछन् । यसैगरी मन्थलीबाट बाम्ति, प्रिति जाने सडकको अवस्था पनि त्यस्तै छ । मन्थलीबाट साँघुटार र ओखलढुङ्गासम्म जाने सडकको अवस्थापन कमजोर रहेको यात्रीहरु बताउँछन् । काठमाडौँबाट काभ्रे हुँदै चौँरीबाट गाल्पासम्म आउने सडक पनि जोखिमपुर्ण रहेको छ । सो सडकमा केही समय अघि ३१ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए ।
रामेछाप जिल्लाका अधिकाँस ग्रामिण सडक बर्षाका कारण हिलाम्य हुदाँ सवारि आवत जावतमा समस्या भएको छ । भदौको अन्तिमदेखि परेको पानी अझै रोकिएको छैन । दशैँको लागि आउजाउ गर्ने मानिस र यातायात साधनको चाप बढेपनि सडकको मर्मत हुन सकेको छैन । दशैँअघि सडक मर्मत नगर्ने हो भने कुनै पनि बेला ठूलो दुर्घटना हुने खतरा बढ्दै गएको छ ।
रामेछाप । असोज १३ गते,बिहिबार
रामेछाप जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयमा एसएलसि परिक्षामा सवोत्कृष्ट अङ्क ल्याउन सफल २ जना विद्यार्थिलाई सम्मान गरिएको छ । २०७२ सालको एसएलसि परीक्षामा ए ग्रेड ल्याउने विद्यार्थी विमल लामेछाने र सुमन आचार्यलाई नगद ५ हजार प्रदान गरेर सम्मान गरिएको हो ।
चण्डेश्वरी माध्यमिक विद्यालयको ६० औँ अभिभावक दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । विद्यार्थीहरुलाई चण्डेश्वरी क्लवका अध्यक्ष मानबहादुर खत्रीले व्यक्तिगत रकम सहयोग गर्नुभएको हो । विद्यालयका अध्यक्ष धनराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति देवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बङ्गालादेशबाठ सो विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गर्नुहुने जयकुमार यादवलाई सम्मान पनि गरिएको चण्डेश्वरी क्लबका अध्यक्ष मान बहादुर खत्रिले जानकारी दिनुभयो ।
रामेछाप । असोज १३ गते,बिहिबार
न्यायिक संसार नामक संस्थाले रामेछाप जिल्लाको दिमिपोखरी, हिलेदेवी र बेथान गाविसमा संचालन गरेको कार्यक्रमका बारेम बुधबारबाट अनुगमन गरेको छ । जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशुसेवा कार्यालय ,महिला तथा बालबालिका कार्यालय र नेपाल पत्रकार महासंघको टोलीले अनुगमन गरिरहेको छ । तीनदिनसम्म चल्ने अनुगमनका क्रममा संस्थाले ती गाविसहरुमा संचालन गरेको कार्यक्रमको अनुगमन भई रहको छ ।
रामेछाप । असोज १३ गते, बिहिबार
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामिण दुरसञ्चार कोषमार्फत ताप्लेजुङको चिवाभञ्जाँङदेखि काभ्रेको पाँचखालसम्म ३२ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्न पाँच अर्बको सम्झौता भएको छ । सम्झौंतापत्रमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्बर झा र नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा टेलिकमले दुईवर्ष्िभत्र काभ्रे पूर्वका सवै पहाडी जिल्लामा फाइबर विस्तार गरिसक्नुपर्ने उल्लेख छ । यसअघि करिब एक हजार किलोमिटर फाइबर बिछ्याउन टेलिकमले चार अर्ब रुपैयाँको प्रस्ताव पेश गरेको थियो । तर प्राविधिक कारणले केही महँगो हुने भन्दै पाँच अर्ब रुपैयाँ पुर्याएर सम्झौंता गरिएको हो । टेलिकमले फाइबर विस्तारका नक्साकंन गरेको छ ।
प्रदेश एकका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संङ्खुवासभा, सुनसरी, मोरङ उदयपुर, खोटाङ, तेह्रथुम र भोजपुर जिल्लामा फाइबर विस्तारको काम गर्नेछ । प्रदेश दुईमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट , बारा, पर्सा, चितवन र प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुङ्गा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गर्नेछ ।मध्य पहाडी क्षेत्रलाई इन्टरनेटको पहुँचमा पुर्याउन पुर्वको स्लटलाई टेलिकमसँग सहकार्य गरेर गाउँगाउँका स्कुल, हेल्थपोष्ट लगायत सार्वजनिक स्थलमा इन्टरनेटको पहुँच विस्तार गरिने टेलिकमकी नवनियुक्त प्रवन्ध निर्देशक राजभण्डारीले बताईन्।कार्यक्रममा सञ्चार सचिव दिनेशकुमार थपलियाले विकासका लागि पूर्वाधार महत्वपूर्ण भएकाले टेलिकम पूर्वाधारको विकास गर्न सक्षम रहेको बताउनुभयो ।
रामेछाप । साउन १३ गते,बिहिबार
रामेछापका राजनितिक दलहरुले भुकम्प पिडितहरुको लागि बनाएको निजि आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धि गुनासो ब्यवस्थापन कार्य्विधि २०७३ लाई पुनः संसोधन गर्नु पर्ने माग गरेका छन् । जिल्ला विकास समिति रामेछापमा मंगलबार आयोजित अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रममा सबै राजनितिक दलका प्रतिनिधिहरुले कार्य्विधि प्रति आपत्ति जनाएका थिए । स्थानिय विकास अधिकारी दिनेश राज पन्तको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति झपडराज भण्डारीले यहि निर्दे्शिका अनुसार जाने हो भने पिडितले अनुदान पाउन अझै चार –पाँच वर्ष लाग्ने बताउनु भयो । भुकम्प पिडितले अनुदानको रकम पाउने वा नपाउने निर्णय छिटो गर्नु पर्ने उहाँले जिकिर गर्नु भयो । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले कार्य्विधिनै अपुग रहेकोले संसोधन गर्नु पर्ने बताउनु भयो । उहाँले समस्या स्थानिय स्तरमानै समधान गर्न स्थानिय स्तरको समिति आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जान लामाले भुकम्प पिडितको नाममा बैठक गोष्ठी मात्र गरेर समस्याको समाधान नहुने बताउनु भयो । उहाँले छिटो भन्दा छिटो परिणाम आउने खालको कार्य्विधि आवश्यक रहेको बताउनु भयो । कार्यक्रमको सुरुमा उप– क्षेत्रिय कार्यालय दोलखाका उप प्रमुख एवं सहसचिव हरि प्रसाद शर्माले निजि आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धि गुनासो ब्यवस्थापन कार्य्विधि २०७३ प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जिल्लामा उठेको गुनासो राज्यले सम्बोधन गर्ने बताउनु भयो ।
उहाँले आ आफ्नो कर्तव्य र दायित्व सम्झेर काम गरे कुनै कानुनको आवश्यक नहुने पनि बताउनु भयो । कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै उपप्रमुख हरि प्रसाद शर्माले राज्यले बनाएको निति नियम भन्दा बाहिर जान नसक्ने बताउदै कार्य्विधि अनुसार अगाडी बढ्न सवैले हातेमालो गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा मालेका सचिव ओम बाबु पुरी , नेकपा माओवादीका तिर्थ कार्की, पत्रकार हिमाल ढुङ्गेल, बद्रि नयाघरे लगाएतले पिडितलाई अनुदानको रकम दीन ढिलो भएको प्रति आपत्ति जनाउनुभएको थियो । सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गाविस सचिवहरुको सहभागिता रहेको थियो ।
रामेछाप । साउन १३ गते, मंगलबार
जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापले बर्षातको समयमा हुने जोखिमलार्ई ध्यान दिदै त्यस्ता घटना भए जानकारी गराउन सबैसंग आग्रह गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हस्ताक्षेर गरेको सूचनामा जोखिमपुर्ण अवस्थाको सिर्जना भएमा जिल्ला प्रशासन कार्यालयको फोन नम्बर ०४८—५४०१३३ र ०४८ —५४००८८ मा सम्पर्क गरेर जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नेपाली सेना ०४८ —४००००९ नेपाल प्रहरी १०० र ०४८ —५४००९९ ,शशस्त्र प्रहरीबल ०४८ —५४०४७८ मा सम्पर्क गरि जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नजिकैको प्रहरी चौकी ,नगरपालीका र गाविसको कार्यालयमा जानकारी गराउन पनि सबै नागरिक संग आग्रह गरेको छ ।
रामेछापको दुरागाउँ,भुजि ,लखनपुर,नामाडि ,गुम्देल,खिम्ती गाविसहरुका बाढि पहिरोको जोखिममा रहेको ठाँउहरुका नागरिहरुलाई सुरक्षित ठाँउमा बसोबास गर्न र बेलैमा पुर्व तयारी गर्न पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले आग्रह गरेको छ । त्यसैगरि खोला ,नदिकिनार र भिरमुनी रहेका बस्तीका नागरिकहरुलाई पनि बेलैमा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै जोखिम पुर्ण क्षेत्रका नागरिकहरुलाई नजिकको सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण को आवश्यक व्यवस्था मिलाउन स्थानिय निकायहरुलाई पनि अनुरोध गरेको छ ।केहिदिन अघि आएको पहिरोमा परि भुजि गाविसमा भएको क्षेतिको बिबरणका बारेमा पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी गराएको छ । पहिरोमा परि भुजि गाविसको वडा नम्वर २ मा ६ घर पुरिएको र १५ वटा चौपाएहरुको मरेको जानकारी दिएको छ । घटना हुन साथ जिल्लाका सरोकारवाला निकाय सबै परिचालन गरि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारि आवश्यक प्रबन्ध मिलाएको जानकारी दिएको छ । त्यस्तै जिल्लाका बिभिन्न ठाउमा अबरुद्ध सडक खुलाई सुचारु गर्ने प्रयास जारी रहेको पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
रामेछाप । साउन १३ गते, बिहिबार
रामेछापको पिङ्खुरि गाविस वडा नम्बर ४ मा सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवा सुढृणिकरण सम्बन्धि अभिमुखिकरण तालिम बुधबार सम्पन्न भएको छ । स्वास्थ्य चौकि पिङ्खुरि को आयोजना तथा पाहाडि समाज केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अतिरिक्त पोषण स्वास्थ्यका महेष प्रसाद विष्ट र मनिषा श्रेष्ठले तालिममा सहजिकरण गर्नुभएको थियो । तालिममा गाउँघरमा रहेका क्लिनिक हरुमा कसरि सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति , वुद्धिजिवि तथा सर्वसाधरणको सहभागिता रहेको थियो । यसैबिच कार्यक्रम बाट सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवाको नयाँ समिति पनि गठन भएको छ । सरिता खत्रिको अध्यक्षतामा ८ जनाको समिति गठन गरिएको पिङखुरिबाट सामुदायिक रिर्पोटर सरिता खत्रिले जानकारि दिनुभयो ।
रामेछाप । साउन १० गते, सोमबार
जिल्ला प्रशासन कायलय रामेछापबाट आर्थिक बर्ष २०७२÷७३ मा १४ हजार २ सय ८२ जाना नागरिकहरुले नागरीकताको प्रमाणपत्र लिएका छन् । जसमध्ये बंशजका आधरमा सक्कल नागरीकता ९ हजार ५ सय ४३ जनाले बनाएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रशासनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा प्रतिलीपी ४ हजार ७ सय ३२ र बैबाहिक अंगिकृत नागरीकता ३ जनाले लिएका छन् । यस्तै नावालक तथा नावालीका परिचय पत्र १ सय ८९ जनाले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रामेछाप । साउन १० गते, सोमबार
रामेछापको डडँुवा गाविसमा मेलमिलाप कर्ता छनौट तथा अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्डका कार्यक्रम संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । त्यसैगरि तालिम अधिकृत अधिबक्ता पाण्डब प्रसाईले मेलमिलाप , यसको आवश्यकता र मेलमिलाप को प्रक्रिया को बारेमा जानकारि गराउनुभयो । कार्यक्रममा डडँुवा गाविसका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, स्थानिय समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम बाट गाविसमा तालिम लिने २७ जना मेलमिलाप कर्ताहरुको नाम छनौट समेत गरिएको छ ।
असार १७ गते ,रामेछाप
रामेछाप जिल्लामा ढुवानी व्यवसाय गदैआएका व्यवसायीहरुले नेपालको संविधान २०७२ मा उल्लेख भए बमोजिम स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने लगाएतका माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपालको संविधान २०७२ को धारा १७ (च) बमोजिम स्वतन्त्र पेशा व्यवसाय गर्न पाउनुपर्ने ,ढुवानी सेवा व्यवसायीहरुमा परेका समस्या, वाधा अड्चना लगाएतलाई जिल्ला प्रशासन कार्यालय मार्फत सुल्झाउनुपर्ने माग गरेका छन् । त्यस्तै काठमाण्डौ,भकुन्डे,खुर्काेट,सिन्धुली,मन्थलीको सडक ईजाजत पत्र दिनुपर्ने ,ईजाजत पत्र नपाएसम्म सहजरुपमा कुनै अवरोध विना आवात जावत गर्न पाउनुपर्ने लगाएतका माग ज्ञापनपत्रमा गरिएको छ ।
असार १७ गते ,रामेछाप
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसले बिहिबार एक कार्यक्रमको आयोजना गरि क्यम्पसको वर्तमन अवस्थाका वारेमा जनारकारी गराएको छ । क्यम्पसको वर्तमान अवस्था जानकारी गराई शैक्षिक सुधारका लागि सुझाव लिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले बताउनुभयो । क्याम्पसको गुणस्तर मापनका क्रममा मध्यामञ्चलमा छनौट भएका १६ वटा क्याम्पसहरु मध्ये यस क्याम्पस पनि परेकोले यसलाई राम्रो वनाउन सबैको सहयोगको आबश्यकता रहेको पनि प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रम क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद सुबेदीको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे हो ।
असार १७ गते ,रामेछाप
रामेछाप जिल्लाको टोकरपुर गाविसमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्ड रामेछापका कार्यक्रमका संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानीय शान्ती समितिका पूर्व संयोजक तुला प्रसाद कंडेलको पनि उपस्थीती रहेको थियो । कार्यक्रममा गाविस स्थीत राजनैतिक दलका प्रमुखहरु, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कण्ठेश्वर उमाविका प्रध्यानाध्यापक राम बाबु कंडेलले सामुदायिक मेलमिलाप कार्यक्रमले शान्ती र सद्भावको लागि सहयोग पुग्ने बताउनुभयो ।
असार १७ गते ,रामेछाप
स्थानीय शान्ती समिति रामेछापले गाविस स्तरीय शान्ती समितिको क्रियाशिलताको अवस्थाका वारेमा गाविस सचिवहरुस्ाँग अन्र्तक्रिया गरेको छ । सदरमुकाम मन्थलीमा बिहिबार स्थानीय शान्ती समितिका संयोजक टिका प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाविस सचिव हकहीत तथा संरक्षण केन्द्रका का अध्यक्ष लक्ष्मण भुजेल शान्ती समितिका पूर्व संयोजकहरु लेख बहादुर कार्की र शिवजी घिमिरे लगाएतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा गाविस स्तरीय शान्ती समितिले कार्ययोजना बनाइ जिविसमा पेश गरे पनि हाल सम्म रकम निकासा नभएको प्रति गाविस सचिवहरु आक्रोशित भएका थिए । उनीहरुले अधिकांस गविस स्तरका शान्ती समितिका संयोजकहरुले परिवर्तन हुन नचाहेको बताएका थिए ।
असार १७ गते ,रामेछाप
जिल्ला प्रशासन रामेछापमा विभिन्न किसिमका निबेदनका फारमहरु निःशुल्क रुपमा पाईने भएको छ । निशुल्क पाईने फारमहरुमा राहदानी सिफारीस, नागरिकता अभिलेख प्रमाणित, पेन्सन केश, नाम र जन्ममिति नोकरी प्रमाणित, अबिबाहित प्रमाणित रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जनजाति, दलित प्रमाणित, संस्था नविकरण, हातहतियार नविकरण प्रकृतिक प्रकोप , विधान संसोधनका र पतिको नाम थर ठेगाना कायम गरी नागरिकताको प्रतिलिपी पाउने सम्बन्धि लगाएतका रहेका छन् । प्रशासनमा आएका सेवाग्राहिहरु नठगिउन भन्ने उद्देश्यले ति निबेदनका फारामहरु निःशुल्क रुपमा उपलब्ध गराइएको पनि अधिकारीले बताउनुभयो । प्रशासन कार्यालय वाट उपलब्ध गराइएका फारामहरु भर्न नजान्नेहरुका लागि निःशुल्क रुपमा भरिदिने ब्यवस्था समेत रहेको उहाँको भनाई छ ।
रामेछाप । असार १६ गते ,
भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि सरकारले १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।रामेछापमा मात्रै ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको छ । रामेछापमा भूकम्पबाट पीडित परिवारको संख्या ४३ हजार ६ सय ९ छ । त्यसमध्ये ३ हजार ५६ सँग भने अनुदान सम्झौता हुन बाँकी छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार असार १४ गतेसम्म गोरखामा ४० हजार ८ सय ५७, सिन्धुपाल्चोकमा २८ हजार ९ सय ६४ घरधनीसँग अनुदान सम्झौता भएको छ ।यस्तै दोलखामा २० हजार ५ सय ५७, ओखलढुंगामा १७ हजार २, धादिङमा १२ हजार ६ सय ३९, काभ्रेमा ८ हजार ९ सय ९१ घरधनीसँग अनुदान सम्झौता भएको छ ।त्यस्तै नुवाकोटमा ७ हजार ७ सय ५३, रसुवामा २ हजार ७७, सिन्धुलीमा ११ सय र मकवानपुरमा ५ सय २० घरधनीसँग अनुदान सम्झौता भएको छ ।
रामेछाप । असार १६ गते ,
नेपालभरका उत्कृष्ट पाँच कृषकहरुमा रामेछापका कृषक पनि परेका छन् । रामेछापको डडुवा गाविसमा किवि,चिया ,जडिबुट्टि लगाएका मिश्रीत खेती गर्ने कृषक राङदान तामाङ उत्कृष्ट पाँच कृषकमा पर्नुभएको हो । तामाङ सहित उत्कृष्ट पाँच कृषकहरुलाई कृषि बागवनी केन्द्र खुमलटारमा बुधबार एक कार्यक्रमका बिच पुरस्कृत गरिएको छ । १ लाख नगद सहित कृषिमन्त्री हरिवोल गजुरेल र पशुविकास मन्त्री शान्ता मानवीले सम्मान गर्नुभएको हो । अन्य सम्मानीत हुनेहरुमा माँैरीपालन तर्फ झाँपाकी देवि कुमारी ओली,बर्दियाका बाख्रा पालक कृषक शर्मा चौधरी,कैलालीका केरा खेती गर्ने कृषक विनोद कुमार साहा र कास्कीका भैँसि पालक कृषक ईन्द्र बहादुर गुरुङ रहनुभएको छ । गुरुङलाई सर्वउत्कृष्ट कृषकको रुपमा २ लाख नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा कृषि मन्त्रालयका सचिव उक्तम कुमार भट्राईले पनि उत्कृष्ट कृषकहरुलाई बधाई दिनुभएको थियो ।
रामेछाप । असार १६ गते ,
९१ औ पुष्पलाल जयन्ती रामेछापमा पनि मनाईएको छ । पुष्पालको जन्मभुमि
रामेछापमा उहाँप्रति श्रद्धा व्यक्त गदै जन्म जयन्ती मनाईएको हो । सदरमुकाम
मन्थलीको तिनलाल सालिकमा रहेको पुष्पलालको सालिकमा मल्र्यापन गरि
उहाँप्रति सम्मान गरिएको हो । नेकपा एमाले वैकल्पीक केन्द्रीय सदस्य
देवशंकर पौडेल,एमाले रामेछापका अध्यक्ष शान्ती प्रसाद पौडेल,उपाध्यक्ष
प्रेम तामाङ लगाएतका नेताहरुले तिनलाल पार्क पुगेर पुष्पलाल लगाएत गंगलाल र
कृष्णलालको सालिकमा समेत माल्र्यापन गनर्नुभएको थियो ।
रामेछाप । असार १६ गते ,
जिल्ला प्रशासन कार्यालय रामेछापले म्याद गुज्रेका पिय पदार्थहरु बुधबार नष्ट गरिएको छ । गत बैशाख १५ गते रामेछाप बजारमा गरिएको अनुमगनको क्रममा फेला पारेको म्याद गुज्रेका पिय पदार्थहरुलाई जिल्ला प्रशासन कार्यालय परिसरभित्र सरोकारवालाहरुको सहभागितामा नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको नेतृत्वमा रहेको टोलीले म्याद गुज्रेका ५० बोतल अर्थात ६सय मिलिलिटर मिरिण्डा, १५ बोतल अर्थात २ लिटर स्प्राइट र २ लिटर कोकाकोला नष्ट गरिएको छ । टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका निरज खड्का, उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल, प्रहरी सहायक निरिक्षक विवेक खड्का तथा पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङको सहभागिता रहेको थियो ।
रामेछाप । असार १४ गते,
रामेछाप जिल्लामा भूकम्प पछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाहरुको पोषण अवस्थाको आवधिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको
छ । युनिसेफको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय रामेछापको समन्वयमा तामाकोसी सेवा समितिले सञ्चालन गरेको
सो कार्यक्रममको प्रगति तथा आगामी योजनाको बारेमा छलफल गर्न
सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाशप्रसाद साहले सो कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अभियानबाट २० जना गर्भवती र सुत्केरी महिलाहरुमा कुपोषणको समस्या देखिएको बताउनुभयो । उनीहरुको नियमित उपचार
भई रहेको उहाँले जानकारी दिनुभयो । साथै ७३ जना ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा कुपोषणको समस्या देखिको उहाँले जानकारी दिनुभयोे । ती मध्ये २ जनालाई बाहिर रिफर गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज
बहादुर श्रेष्ठको अध्यक्षता र रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा डाक्टर साहले यस अवधिमा बालबालिकालाई पोषणयुक्त वालविटा वितरण गरिएको पनि बताउनुभयो । उहाँले बच्चा तथा गर्भवती र सुत्केरीको घरदैलोमा गएर जाँच तथा औषधी
वितरणको काम भएको
पनि जानकारी दिनुभयो । जिल्लाका विभिन्न १० स्थानमा केन्द्र स्थापना गरी अभियान सञ्चालन भई रहेका उहाँले जाकारी दिनुभयो ।
साथै ६ हजार
२ सय गर्भवती तथा सुत्केरी महिलालाई हाइजेनिक किड्स वितरण गरिएको पनि डाक्टर साहले
जानकारी दिनुभयो । उहाँले सोही परिमाणमा खाना पकाउने र खाने भाँडाको सेट समेत वितरण गर्ने
कार्यक्रम रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले स्वस्थ्य नागरिक भए मात्र मुलुकको विकास सम्भव भएकाले त्यसका लागि स्वास्थ्य क्षेत्रमा सबैको ध्यान
जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, सामाजिक संस्थाका प्रमुख एवं नागरिक अगुवाहरुको सहभागिता रहेको थियो
।