रामेछापको टोकरपुरमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

असार १७ गते ,रामेछाप
रामेछाप जिल्लाको टोकरपुर गाविसमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्ड रामेछापका कार्यक्रमका संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानीय शान्ती समितिका पूर्व संयोजक तुला प्रसाद कंडेलको  पनि उपस्थीती रहेको थियो । कार्यक्रममा गाविस स्थीत राजनैतिक दलका प्रमुखहरु, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कण्ठेश्वर उमाविका प्रध्यानाध्यापक राम बाबु कंडेलले सामुदायिक मेलमिलाप कार्यक्रमले शान्ती र सद्भावको लागि सहयोग पुग्ने बताउनुभयो ।

0 Response to "रामेछापको टोकरपुरमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न "

Post a Comment

Powered by सुदिप श्रेष्ठ