पारसको शतकीय पारीले नेपालको जित, नामिबिया ३ विकेटले हा¥यो


वैशाख ६ 
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेल जितेको छ । प्रतियोगिता अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । नामिबियाले प्रस्तुत गरेको दुई सय ४० रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा भेट्टायो ।नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले सात छक्का र पाँच चौकाको मद्दतमा एक सय तीन रन बनाए । सुरुमा धर्मराएको पारी पारस र शरद भेषावाकरले सम्हाले । पारस र शरदले  एक सय ६४ रनको साझेदारी गरे । शरदले नटआउट ७७ रन बनाए । विनोद भण्डारीले १२ तथा सागर पुनले दुई रन बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा राजेश पुलामि र सोमपाल कामीले एक एक रन बनाए । बसन्त रेग्मीले  एक रन बनाए ।नामिबियाका सारेल बर्गरले तीन, जिभागो ग्रोइ नेवाल्ड दुई तथा गेरी स्नाइमन र जेजे स्मिथले एक एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो ।
नामिबियाका कप्तान स्टीफन बार्डले ६० बलमा ५१ तथा जेन ग्रिनले ८७ बलमा ४७ रन बनाए ।सारेल बर्गरले नटआउट ४३ रन बनाए । यस्तै जेपी कोट्जेले ३२, निकोलाश स्चोल्ट्सले २२, जेजे स्मिथले १४, लोहान लरेन्सले १०, पिक्की या फ्रान्स चार तथा ग्रेहार्ड इरामस तीन रन बनाएर आउट भए । गेरी स्नाइनम डक आउट भए । नेपालका शक्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिए ।शनिबार भएको खेलमा नामिबियालाई पाँच विकेटले हराएको नेपाल सोमबारको खेल पनि जितेपछि विश्वकप छनौट खेल्ने सम्भावना बलियो भएको छ । प्रतियोगितका ६ खेलमा दुई मा जित र चार खेलमा हारेको नेपालको चार अंक भएको छ ।

रामेछापमा भुकम्प स्मृति दिवस मनाईने ।।




रामेछाप । बैशाख ६
रामेछाप जिल्लामा बैशाख १२ गते गएको विनासकारी भूकम्पको सम्झनामा स्मृति दिवस मनाईने भएको छ । जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो ।
आगामि  बैशाख १२, १३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरिे भुकम्प स्मृति दिवस मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिनुभयो । स्मृति सभाकोलागि कार्यालय प्रमुख लगायतका कर्मचारीहरुलाई बैशाख १२ गते दिनको ११ बजे जिल्ला विकास समितिको प्राङ्गणमा भेला हुनेछन्  ।
उक्त कार्यक्रममा सरिक हुन सांसद, राजनीतिक दलका नेता कार्यकर्ता लगायत सवैलाई अनुरोध गरिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा जिल्ला प्रसासनमा बसेको कार्यालय प्रमुखहरुको वैठकमा यस्तो निर्णयहरु गरिएको हो ।
भूकम्प स्मृति दिवसको अवसरमा कार्यालयहरुले पुर्ननिर्माण सम्बन्धी कुनै नयां कामको थालनी, घोषणा वा प्रतिवद्धता जनाउन सकिने भए सो को जानकारी ३ दिन भित्र जिविस वा जिल्ला प्रशासनमा गराउने पनि आग्रह गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई जानकारी गराएर त्यस प्रकारका कार्यक्रमको शुरुवात र सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले वैशाख १० गते हुने निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचनलाई सफल तुल्याउन सबै कार्यालयहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय पनि गरेको छ। यस्तै सम्पूर्ण कार्यालयहरुले आफ्नो र मातहतका कार्यालयमा रहेको कर्मचारीहरुको कूल दरवन्दी, हालको पदपूर्तिको अवस्था सहित कार्यरत कर्मचारीहरुको स्थायी ठेगाना समेतको विवरण ३  दिन भित्र जिल्ला प्रशासन कार्यालयलाई  उपलब्द गराउन बैठकले आग्रह गरेको छ । साथै आफू र मातहका सम्पूर्ण कार्यालयहरुले पुराना सवारी साधन, फर्निचर लगायतका सामाग्री अनिवार्य रुपमा लिलाम गरि सरकारी कागजात धुल्याउने नियम, २०१७ अनुसार काम नलाग्ने कागजात धुल्याउने बैठकले निर्णय गरेको
छ।

नेपालले नामिबियालाई ५ विकेटले हरायो,

वैशाख ४ शनिबार-
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले हराएको हो ।नामिबियाले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष नेपालले  ४७ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि शरद भेषवाकरले ९९ बलमा नटआउट ५०  तथा विनोद भण्डारीले ४९ बलमा नटआउट  ४० रन बनाए ।यस्तै कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले समान २१, नरेश बुढाएरले १६, राजेश पुलामीले ९, राजु रिजालले ६ रन बनाए । नामिबियाका सारेल बर्गर र गेरी साइमनले समान दुई दुई विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो । उसका लागि सारेल बर्गर ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासमसले २५, गेरी स्नाइमनले २३ तथा कप्तान स्टीफन बार्ड र निकोलाश स्चोल्टज्ले समान १८ रन बनाए । जेन ग्रिनले १४ रन बनाए ।नेपालका बसन्त रेग्मीले र सोमपाल कामीले समान तीन तीन तथा कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए । यो जितसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना कायम भएको छ । ८ टोली सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोलीले विश्वकपको छनौट खेल्न पाउँनेछन् । नेपाल यसअघि खेलका चार खेलमा भने पराजित भएको थियो ।

सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप

वैशाख २  

नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले सरकारले नै कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभएको छ । तरुण दलको केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्र्दै अध्यक्ष राणाले सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप लगाउनुभयो । बिहीबार रिपोर्टस नेपालमा भएको कार्यक्रममा नाकाबन्दी अन्त्य भएको महिना पुग्दापनि नागरिकले खाना पकाउने ग्यास तथा इन्धन नपाएको भन्दै उहाँले सरकारले नचाहेकै कारण कालोबजारी अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले भूकम्पपीडितको पुनर्निर्माणका लागि सरकारले उचित ब्यवस्थापन गर्न नसकेको भन्दै सरकारले गम्भीरताका साथ पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार संसद अधिवेशन नबोलाएर आफुखुसी चल्न खोजिरहेको आरोप लगाउँदै उहाँले तत्काल संसद अधिवेशन बोलाउन पनि माग गर्नुभयो । अर्को प्रसंगमा उहाँले तरुण दलको महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । अध्यक्ष राणाका अनुसार आगामी जेठ १० गते गाउँ, नगर र वडाको अधिवेशन गर्ने, जेठ १२ गते नगर अधिवेशन गर्ने, जेठ २० गते क्षेत्रीय अधिवेशन गर्ने र जेठ २५ गते जिल्ला अधिवेशन हुनेछ । महाधिवेशनका लागि विभिन्न समिति पनि गठन गरिएको छ । 

शैक्षिक वातावरण सुधार्न अखिल क्रान्तिकारीको १० बुँदे माग

वैशाख २ 

नेत्र बिक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले सरकारी विद्यालयको सुधारको माग गर्दै जिल्ला शिक्षा कार्यालय काठमाडौंमा १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।निजी शैक्षिक संस्थाको नियमन प्रभावकारी नभएको भन्दै क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारी शंकर गौतम समक्ष ज्ञापनपत्र बुझाएको हो । आफ्ना माग सात दिनभित्र पूरा नभए संघर्षमा उत्रने क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । अखिलले सरोकारवाला निकायले शिक्षा क्षेत्रमा देखिएको विकृति रोक्न पहल नगरेको आरोप लगाएको छ ।

रामेछापमा नियमित योगअभ्यास गर्ने सम्मानित

रामेछाप । बैशाख १ गते,
पतिञ्जली योग समिति रामेछापले रामेछाप जिल्लामा नियमित योग गर्ने एक जना योग साधकलाई सम्मानित गरेको छ । समितिले बुधबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।सम्मानित हुनेमा मन्थली बजारामा व्यवसाय गरेर बस्दै आएका रामकुमार खोजू रहेका छन् । खोजुलाई नियमित रुपमा योगमा सहभागि भएको भन्दै सम्मानित गरिएको हो । खोजूलाई रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडलले खादा वढाई ढाका टोपी लगाएर स्वागत गरेका थिए ।पतञ्जली योग समिति रामेछापका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको सो कायक्रममा बोल्दै प्रजिअ पौडेलले योग पूर्विय दर्शनको सम्पत्ति भएको बताए । उनले योगको साधनाले निरोगिता मात्रै हैन चमत्कार समेत गर्ने बताए । योगले रोग नाश गरी सकारात्म सोच विकास गर्ने भएकोले घरघरमा योगको अभियान आवश्यक रहेको बताए ।कार्यक्रममा समितिका उपाध्यक्ष जगन्नाथ दाहाल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैगरि नव बर्ष २०७३ सालको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मन्थली रामेछापको आयोजनामा कार्यक्रम भएको हो । सेवाकेन्द्रका ब्रह्मकुमारी बिष्णु दिदीको अध्यक्षतामा भएको सो कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रमका अध्यक्ष ब्रह्मकुमारी विष्णु दिदिले जीवनलाई सकारात्मक ,नैतिकवाद ,गुणवाद र चरित्रवान बनाउनका लागी योगको अपरिहार्यता रहेको बताउनुभयो । उहाँले नया बर्षको दिनमा मात्र एक आपसमा शुभकामना आदान प्रदान गर्ने नभई सधै सबैप्रति  शुभ भावना र शुभ संकल्प राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बिज्ञानले चरमउत्कर्ष रुपमा विकास गरिरहेको आजको समयमा मानिसहरुलाई धर्मले अनुसासित बनाएको बताउनुभयो । उहाँले भौतिक विज्ञानको मूल जग अध्यात्मक भएको बताउनुभयो ।

रामेछापको ओख्रेनीबाट अनुदान वितरणको प्रक्रिया सुरु ।।

२२ चैत्र सोमबार २०७२

भूकम्प प्रभावित जिल्लामध्ये रामेछापमा पनि आजदेखि अनुदान बितरणको प्रक्रिया सुरु भएको छ । रामेछापको रामेछाप नगरपालिका अन्र्तगत साविकको ओखे्रनी गाविसबाट अनुदान वितरणको प्रक्रिया अगाडि बढेको हो ।
सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रममा पुननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय दोलखाका प्रमुख हरीप्रसाद शर्माले रामेछाप जिल्लामा साविकको ओख्रेनी गाविसका वडा नं १ देखि ९ सम्मका अनुदान पाउने ७ सय ५९ घरधुरीकोे सूची आईतबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले सूचीमा परेका भुकम्पपिडितहरुले लगत संकलन गर्दा दिइएको अधकट्टी, नेपाली नागरिकताको प्रमाणपत्र र जग्गा धनीको लालपुर्जा लगाएतका कागजात समावेश गरी गाविस÷ तथा नगरपालिकाका कार्यलयमा सम्झौता गरेपछि रकम दिने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । शर्माले कर्मचारीको अभाव, कार्यविधी अझै अपूर्ण रहँदा पुर्ननिर्माण कार्यमा ढिलाइ भएको स्वीकार्नु भयो । उहाँका अनुसार सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । रामेछापको राजनितिक दलहरुले पुर्ननिमाणका कार्य ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्राविधिकरणले तत्काल गाउँगाउँमा कर्मचारी खटाएर भवन निर्माणका कार्य तिब्र पारी जनतालाई बर्षाद अगिनै छानाभित्र बस्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले गेलु रामेछापमा नयाँ नेतृत्व चयन ।।

२१ चैत्र आईतबार २०७२

नेकपा एमाले गेलु गाउँकमिटी रामेछापको दशाँै गाउँ अधिवेषनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको बन्दसत्रबाट एमाले गलुको अध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा भोज बहादुर कार्की ,सचिवमा राजु अधिकारी ,उपसचिवमा कृष्ण बहादुर वुढाथोकी सहित ५१ सदस्य गाउँ कमिटी गठन भएको हो । त्यसैगरी गाउँ कमिटीको सल्लाहकार संयोजकमा वलराम खत्री र सदस्य सचिवमा दिपक पुलामी चयन हुन भएको छ । नव गठित गाउँ कमिटिलाई जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य रिपु मर्दन अधिकारी ,पुर्व गाविस अध्यक्ष कृष्णहरि अधिकारी ,एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की ,अनेम संघका केन्द्रिय सदस्य माया कार्की लगायतले शुभकामना मन्तब्य दिदै नयाँ नेतृत्वले गेलुको विकास निर्माण र सामाजिक रुपान्तरणलाई योगदान दिनुपर्ने धारणा राख्नुभएको थियोे। अधिवेशनको शुक्रवार एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले उद्घाटन गर्नभएको थियो ।

Powered by सुदिप श्रेष्ठ