शैक्षिक वातावरण सुधार्न अखिल क्रान्तिकारीको १० बुँदे माग
वैशाख २
नेत्र बिक्रम चन्द
नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी
युनियन क्रान्तिकारीले सरकारी विद्यालयको सुधारको माग गर्दै जिल्ला शिक्षा
कार्यालय काठमाडौंमा १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।निजी शैक्षिक संस्थाको नियमन प्रभावकारी
नभएको भन्दै क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारी शंकर गौतम समक्ष
ज्ञापनपत्र बुझाएको हो । आफ्ना माग सात दिनभित्र पूरा नभए संघर्षमा उत्रने
क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
अखिलले सरोकारवाला निकायले शिक्षा क्षेत्रमा देखिएको विकृति रोक्न पहल
नगरेको आरोप लगाएको छ ।
0 Response to "शैक्षिक वातावरण सुधार्न अखिल क्रान्तिकारीको १० बुँदे माग"
Post a Comment