सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप

वैशाख २  

नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले सरकारले नै कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाउनुभएको छ । तरुण दलको केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्र्दै अध्यक्ष राणाले सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप लगाउनुभयो । बिहीबार रिपोर्टस नेपालमा भएको कार्यक्रममा नाकाबन्दी अन्त्य भएको महिना पुग्दापनि नागरिकले खाना पकाउने ग्यास तथा इन्धन नपाएको भन्दै उहाँले सरकारले नचाहेकै कारण कालोबजारी अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले भूकम्पपीडितको पुनर्निर्माणका लागि सरकारले उचित ब्यवस्थापन गर्न नसकेको भन्दै सरकारले गम्भीरताका साथ पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार संसद अधिवेशन नबोलाएर आफुखुसी चल्न खोजिरहेको आरोप लगाउँदै उहाँले तत्काल संसद अधिवेशन बोलाउन पनि माग गर्नुभयो । अर्को प्रसंगमा उहाँले तरुण दलको महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते गर्ने निर्णय भएको जानकारी पनि दिनुभयो । अध्यक्ष राणाका अनुसार आगामी जेठ १० गते गाउँ, नगर र वडाको अधिवेशन गर्ने, जेठ १२ गते नगर अधिवेशन गर्ने, जेठ २० गते क्षेत्रीय अधिवेशन गर्ने र जेठ २५ गते जिल्ला अधिवेशन हुनेछ । महाधिवेशनका लागि विभिन्न समिति पनि गठन गरिएको छ । 

0 Response to "सरकारले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीलाई सघाइरहेको आरोप"

Post a Comment

Powered by सुदिप श्रेष्ठ