रामेछापमा नियमित योगअभ्यास गर्ने सम्मानित
रामेछाप । बैशाख १ गते,
पतिञ्जली योग समिति रामेछापले रामेछाप जिल्लामा नियमित योग गर्ने एक जना योग साधकलाई सम्मानित गरेको छ । समितिले बुधबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।सम्मानित हुनेमा मन्थली बजारामा व्यवसाय गरेर बस्दै आएका रामकुमार खोजू रहेका छन् । खोजुलाई नियमित रुपमा योगमा सहभागि भएको भन्दै सम्मानित गरिएको हो । खोजूलाई रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडलले खादा वढाई ढाका टोपी लगाएर स्वागत गरेका थिए ।पतञ्जली योग समिति रामेछापका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको सो कायक्रममा बोल्दै प्रजिअ पौडेलले योग पूर्विय दर्शनको सम्पत्ति भएको बताए । उनले योगको साधनाले निरोगिता मात्रै हैन चमत्कार समेत गर्ने बताए । योगले रोग नाश गरी सकारात्म सोच विकास गर्ने भएकोले घरघरमा योगको अभियान आवश्यक रहेको बताए ।कार्यक्रममा समितिका उपाध्यक्ष जगन्नाथ दाहाल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैगरि नव बर्ष २०७३ सालको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मन्थली रामेछापको आयोजनामा कार्यक्रम भएको हो । सेवाकेन्द्रका ब्रह्मकुमारी बिष्णु दिदीको अध्यक्षतामा भएको सो कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रमका अध्यक्ष ब्रह्मकुमारी विष्णु दिदिले जीवनलाई सकारात्मक ,नैतिकवाद ,गुणवाद र चरित्रवान बनाउनका लागी योगको अपरिहार्यता रहेको बताउनुभयो । उहाँले नया बर्षको दिनमा मात्र एक आपसमा शुभकामना आदान प्रदान गर्ने नभई सधै सबैप्रति शुभ भावना र शुभ संकल्प राख्नुपर्ने बताउनुभयो ।

0 Response to "रामेछापमा नियमित योगअभ्यास गर्ने सम्मानित"
Post a Comment