साझ चासो अंक ६

सुनको भाउ फेरि बढ्यो¸तोलाको ५६ हजार ५ सय।

१८ फागुन मंगलबार-२०७२

सुनको भाउ मंगलबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ पाँच सय रुपैयाँले बढेर ५६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि गएको शुक्रबार पनि सुनको भाउ तोलाको ५६ हजार पाँच सय रुपैयाँ नै थियो ।
तर हप्ताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५६ हजार कायम भएको थियो ।सोमबार स्थिर रहेको सुनको भाउ फेरि बढेको हो । चाँदीको भाउ भने स्थिर छ । चाँदी अघिल्ला दिन जस्तै तोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

साझा चासो अंक ५

साझा चासो अंक ४

नेपाल आयल निगमले कति तेल बिक्री गर्यो ।।।

१८ फागुन मंगलबार-२०७२ 
नेपाल आयल निगमले अहिले नाकाबन्दी अघिको अवस्था भन्दा दैनिक दोब्बर धेरै पेट्रोलियम पदार्थ बिक्री गरिरहेको दाबी गरेको छ । निगमले गएको फागुन महिनाको १५ दिनमा आयात भएको भन्दा धेरै पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ ।आयात भएको र स्टकमा रहेको जोडेर पेट्रोलियम पदार्थको बिक्री गरिरहेको निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो । 

फ्रान्समा आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप

१८ फागुन मंगलबार-२०७२ 

 फ्रान्सको कालेय बन्दरगाहस्थित ब्रिटेन जान खोज्ने आप्रवासीहरुको अस्थायी शिविर भत्काइएपछि झडप भएको छ ।ती अस्थायी टहरालाई जंगल नामले चिनिने गरिएको छ । कम्तिमा १२ वटा टहरा आगोले ध्वस्त भएका छन् । अस्थायी टहरा भत्काउने टोलीमाथि ढुंगामुढा गरेका आप्रवासीहरुमाथि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको  छ ।
बन्दरगाहतिर जाने बाटोतर्फ आप्रवासीको समूह अघि बढ्न खोज्दा टहराबाहिर तनाव बढेको थियो । आप्रवासीहरुलाई अर्को स्थानमा सर्नुपर्ने बताइए पनि अन्यत्र जाँदा शरण लिने प्रक्रिया पूरा गर्नुपर्ने उनीहरुको आशंका छ ।यसबाट ब्रिटेन पुग्ने आफूहरुको आशा सकिने उनीहरुको भनाई छ । फ्रान्स सरकारले आप्रवासीहरुलाई राख्ने केन्द्रमा उनीहरुलाई स्थानान्तरण गर्न खोजिरहेको छ । अस्थायी शिविरमा बसिरहेका आप्रवासीहरु मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका छन् । 

प्रिमियर लिगको उपाधि टोटनह्यामले जित्छ’

१८ फागुन मंगलबार -२०७२
 लिसेस्टर सिटीका प्रशिक्षकले यस पटक इंग्लिस प्रिमियर लिगको उपाधि टोटनह्यामले जित्ने बताएका छन् । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरीले यो पटक टोटनह्यामले निकै राम्रो प्रदर्शन गरेकाले उसैले उपाधि जित्ने बताएका हुन् । लिसेस्टर लिगका ११ खेल बाँकी हुँदा टोटनह्याम भन्दा दुई अंकले अघि छ । दोस्रो स्थानको टोटनह्यामको २७ खेलबाट ५४ अंक छ । लिसेस्टरको समान २७ खेलबाट ५६ अंक छ । टोटनह्याम सन् २००९/१० सिजनको पहिलो हप्तापछि अहिलेसम्म लिगको शीर्ष स्थानमा पुग्न सकेको छैन ।
तर चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका लिसेस्टरका प्रशिक्षक रानिएरीले टोटनह्यामले ५५ वर्षदेखिको प्रिमियर लिगको उपाधि पर्खाइ यो सिजन सकिने बताउनुभयो । टोटनह्यामले पछिल्लो पटक सन् १९६०/६१ को सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । टोटनह्याम अहिले सबै पक्षमा बलियो रहेको र उसैले उपाधि जित्ने उनको भनाई छ । लिसेस्टर अबको खेलमा वेष्ट ब्रोमसँग पराजित भए तथा टोटनह्यामले वेष्ट ह्यामलाई हराउन सकेमा टोटनह्याम लिगको शीर्ष स्थानमा पुग्ने छ । तेस्रो स्थानको आर्सनल भने शीर्ष स्थानको लिसेस्टर भन्दा पाँच तथा टोटनह्याम भन्दा तीन अंकले पछि छ ।

साझा चासो अंक ३

साझा चासो अंक २

नेपाली मुद्रा कमजोर हुँदा पनि फाइदै फाइदा

१८ फागुन¸मंगलबार-२०७२
अमेरिकी डलरको भाउमा हुने उतारचढावले वाह्य पर्यटकको आगमन दर निर्धारण गर्छ । यदि पर्यटकहरुलाई आकर्षण गर्न सक्यौं भने मनग्गे लाभ लिन सकिन्छ । किनकी विदेशीले ल्याएको कम मुद्राले पनि धेरै नेपाली रुपैयाँ पाउँछन् ।कम लागतमै भ्रमण सम्पन्न गर्न सकिने हुँदा मध्यम आयस्तर भएका पर्यटकले समेत नेपाल घुम्न सक्छन् भने पर्यटकको बसाई अवधि लम्बिने, खर्च गर्ने प्रवृत्ति बढ्न सक्छन् । यसले पर्यटन उद्योग फस्टाउन सक्छ ।
दोस्रो फाइदा : वैदेशीक लगानी भित्रन सक्छ

अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुँदा वैदेशीक लगानी भित्रने सम्भावना पनि बढ्छ । पहिले एक डलर लगानी गर्दा ९० रुपैयाँ मात्र लगानी गरेको हुन्थ्यो वा ९० रुपैयाँ मात्र लगानी गरेको मानिन्थ्यो । अब एक डलर लगानी गर्दा एक सय १० रुपैयाँ लगानी हुने हुन्छ ।  तसर्थ सरकारले लगानीको वातावरण बनाउन सके लगानी बढ्ने प्रचुर सम्भावना हुन्छ ।नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले भन्नुभयो । 

तिम्रा लागी उपहार

मनको दैलो उघारेर हेर प्रिय तिम्रा लागी प्यार ल्याएको छु ।

हिजोको कुरा फेरि सम्झ काली तिम्रा लागी उपहार ल्याएको छु ।
कस्तो माया गर्यौ सानी तिमिले एक्कासी हिजो भुल्नै सकिन मैले ।
खुसि भएर हेर काली तिम्रा लागी खुसिको बहार ल्याएको छु ।
आखिर नहुनु भैसक्यो हिजो ¸त्यसलाई मायाको सुरुवात सम्झी मनमा सजाए ।
आँसु नबगाई हेर प्यारी तिम्रा लागी छुट्टै संसार ल्याएको छु ।

नवराज श्रेष्ठ-नयन पुरानागाउँ रामेछप

इटालियन सिरी ए प्रतियोगितामा नापोली बराबरीमा रोकियो, युभेन्टसभन्दा ३ अंकले पछि

१८ फाल्गुण- मंगलबार-२०७२

नापोलीले शीर्ष स्थानको युभेन्टससँगको अंक दूरी एकमा झार्ने मौका गुमाएको छ । इटालियन सिरी ए अन्तर्गत मंगलबार बिहान भएको खेलमा नापोली फियोरेन्टिनासँग ११ को बराबरीमा रोकियो । छैटौं मिनेटमा मार्कोस अलोन्सोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेटपछि नै नापोलीका ग्वोन्जालो हेग्युइनले बराबरी गोल फर्काए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन । बराबरीपछि  दोस्रो स्थानको नापोली युभेन्टस भन्दा तीन अंकले पछि परेको छ । नापोलीको २७ खेलबाट ५८ अंक भएको छ । शीर्ष स्थानको युभेन्टसको समान २७ खेलबाट ६१ अंक छ । २७ खेलबाट ५३ अंक जोडेको फियोरेन्टिना चौंथो स्थानमा छ । सिरी ए अन्तर्गत अर्को खेलमा सासुओलोले लाजिओलाई २० ले हराएको छ ।

इराकमा ठूलो बाँध फुट्ने खतरा, १५ लाख नागरिक जोखिममा ।।

१८ फालगुण¸ मंगलबार-२०७२

इराकमा ठूलो बाँध फुट्ने खतरा बढेपछि १५ लाख नागरिकको ज्यान जोखिममा पर्ने देखिएको छ । इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा बढ्दै गएको छ । इराकमा रहेको अमेरिकी दूतावासका अनुसार मोसुल बाँध फुटेमा १५ लाखभन्दा धेरै मानिस प्रभावित हुनछन् । धेरैको नागरिकको मृत्यु हुन सक्ने वीवीसीले जनाएको छ । सन् २०१४ मा ११ दिन बाँधमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले कब्जा माएको थियो । यसका कारण मर्मतको काम हुन सकेको थिएन । बाँध फुटेमा टिगरिस नदीको आसपासमा बसोबास गर्दै आएका १५ लाखभन्दा धेरै मानिस प्रभावित हुने र बाढीका कारा उनीहरुको मृत्यु हुन सक्ने दूतावासले चेतावनी दिएको वीवीसीले जनाएको छ । मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि लागि ६ किलोमिटर पर जानु पर्नेछ । सन् १९८४ मा निमार्ण भएको मोसुल बाँध इराकको सबैभन्दा ठूलो बाँध हो । तर निर्माण भएदेखि नै यसमा केही कमजोरी रहेको बताउने गरिएको छ ।

साझा चासो

कांग्रेस महाधिवेसनको अन्तिम तयारीमा ,गुटभित्र नै कुरा नमिलेपछि उम्मेद्वारी घोषणा गर्न समस्या।।

१८ फालगुण¸ मंगलबार-२०७२
 नेपाली कांग्रेस १३ औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । उद्घाटन बिमहिबार फागुन २० गते काठमाण्डुको खुलामञ्चमा हुने भएकाले त्यसको तयारीमा कांग्रेस जुटेको छ । प्रतिनिधि छनौट, नीति र विधानको काम सकिएकाले अब प्राविधिक तयारी, प्रतिनिधिकोे व्यवस्थापनमा जुटेको छ । उद्घाटन समारोहमा सम्पूर्ण शीर्ष नेतासहित २ सय ४० वटै निर्वाचन क्षेत्र, विदेशस्थित सम्पर्क समितिहरुबाट आएकासमेत गरी करिब ३२ सय प्रतिनिधि सहभागी हुनेछन् । फागुन २४ गतेसम्म चल्ने महाधिवेशनमा सम्पर्क समिति र भ्रातृ संगठनका प्रतिनिधिले समेत भाग लिनेछन् । महाधिवेशनको बन्द सत्र फागुन २१ देखि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र हुनेछ । कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले महाधिवेशनको तयारी अन्तिम चरणमा रहेको र बुधबार दिउँसोसम्म सबै तयारी पुरा हुने बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान पदाधिकारीको बैठक बसेर सबै तयारी र बन्द सत्रका विषयमा छलफल गर्नेछ । फागुन २२ मा प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गर्ने र २३ मा निर्वाचन हुनेछ तालिका छ । यसपटक विद्युतीय प्रणालीअनुसार मतदान गर्ने योजना कांग्रेसले बनाएको छ ।

यसैबिच कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका गुटगत प्रतिस्पर्धा हुने भएको छ । यसअघि दुईवटा गुट देखिए पनि यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट दुईवटा र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको एउटा गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरे पनि महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताले पनि सभापति प्रत्यासी बन्ने बताउँदै आएका छन् । संस्थापनबाट एउटै उम्मेदवार बनाउने मंगलबार प्यानलसहित म्मेदवारी घोषणा गर्ने तयारीमा गर्नुभएको छ । सस्थापन पक्षले बेलुकासम्म उम्मेद्वारको टुङ्गो लगाउने र बुधबार बिहान घोषणा गर्ने जनाएको छ । सस्थापनले भोलि घोषणा गर्ने भएपछि देउवा पक्ष पनि पर्खिने मनस्थितिमा छ । त्यस्तो अवस्थामा भोलि नै देउवा पक्षले उम्मेद्वारी घोषणा गर्ने उहाँ निकटका नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । सस्थापन पक्षमा पौडेल र सिटौलाबीच गएराती छलफल भए पनि सहमति जुटेको छैन । सहमति नजुटे पौडेलले बुधबार १२ बजेभित्र आफ्नो हिसावले उम्मेद्वारी घोषणा गर्नुहुनेछ । मंगलबार पनि दुवै पक्ष आफ्ना सम्पर्क कार्यालयमा छलफलमा व्यस्त रहनेछन् । पार्टी नेतृत्वका लागि वरिष्ठ नेता देउवा, कार्यवाहक सभापति पौडेलका साथै सिटौला र सुजाताले आकांक्षा राख्दै आएका छन् ।

संविधान निर्माण पछि ठूला दल एक ठाउँमा नआउनु दुर्भाग्यः कृषिमन्त्री गजुरेल

फाल्गुण १८ रामेछाप 
कृषि विकास मन्त्री हरिवोल गजुरेलले संविधान निर्माण पछि ठूला दलहरु एक ठाउँमा आउन नसक्नु दुर्भाग्यपूण भएको बताउनुभएको छ । संविधान बनाउने बेलामा एकै ठाउँमा रहेका काँग्रेस, एमाले र एमाओवादी अहिले एकै ठाउँमा नहुनु दुर्भाग्यपूण भएको उहाँले बताउनुभयो । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार भएको २१ औ जिल्ला परिषदको निर्णय सार्वजनिकरण कार्यक्रमा बोल्नुहुदै एमाओवादी नेता समेत रहेका गजुरेलले तीन पार्टी एक ठाउँमा नआएसम्म संविधान कार्यान्वयनको काम जटिल हुने बताउनुभयो । गजुरेलले काँग्रेसलाई सरकारमा ल्याउनको लागि प्रयत्न भईरहेको पनि खुलासा गर्नुभयो ।

नेपालको राजनीतिमा राजनीतिक दलहरुले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै ब्रेक गर्न बाँकि रहेको मन्त्री गजुरेलले बताउनुभयो । उहाँले जतिबेलासम्म व्यवहारमा ब्रेक हुँदैन तबसम्म देशले गति लिन नसक्ने पनि बताउनुभयो । जनताहरुले छिटो छिटो आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन होस् भन्ने आशा गरेका भए पनि त्यो अनुसारको परिवर्तन हनु नसक्दा असन्तुष्टि र निराशा बढ्दै गएको उहाँले बताउनुभयो । कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य धावा लामा, जिल्ला स्थिति राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पनि जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभएको छ । 
कार्यक्रममा रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले जिविसको आर्थिक वर्ष ०७३÷०७४ को कुल ३ अरव ६१ लाख ३७ हजार ७८ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । जसमा चालु तर्फ १ अरव ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।जिल्ला विकास समितिले आगामी वर्षका योजनामा भौतिक पुर्वाधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुङ्गेपुल निर्माण तथा मर्मत, बैकलल्पीक उर्जा, सहरी पूर्वाधार विकास लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् ।त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।

Luniva Mobile Add

बिहेको दिन गहना लिएर प्रेमिका फरार, मेकअफ गर्न हिडेकी प्रेमिका फर्किनन्

स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए। 
तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो। प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए। शनिबार मन्दिरमा बिहेको तयारी थियो। बिहान उनी दाह्री काट्ने तयारीमा लागे। प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन्।
मेकअफ गर्न हिडेकी प्रेमिका फर्किनन्
  बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे। तर, फोन स्विच अफ थियो। तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए। त्यसपछि उनी प्रहरीकहाँ पुगे।  गोरखा घर बताउने ती २२ वर्षीया युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन्।
 तीन महिनाअघि चिनजानले डुबायो
 ३५ वर्षीय पाैडेल पाँच वर्ष दुबई बसेर नेपाल फर्किएका हुन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा पाैडेल खाजा घर खोलेका थिए। त्यही खाजाघरमा सुषमासंग उनको करिब तीन महिना अघि चिनजान भएको हो। 
 पौडेललाई यसरी फसाइन् प्रेमिकाले 
 सुषमाले आफ्ना  बुबाआमा बितिसकेकाले नारायणघाटस्थित मामाले आफ्नो बिहे गरिदिने बताइन्। मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भएपनि केही गहना चाहिने बताइन्। पौडेलले पनि केही किने भने केही आफन्तसंग मागेर गहना सुषमालाई दिएका थिए। तर सुषमाले त्यही गहना फुत्काउन तीन महिनासम्म प्रेमको नाटक गरेकी थिइन्। नक्कली प्रेममा पौडेलले करिब तीन लाख गुमेको छ। प्रेम र विवाहको नाममा युवतीले ठगी गरेको र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणघाटका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए। 

विमान दुर्घटना रोक्न आइडिया दिने महावीरलाई विज्ञप्ति निकालेरै धम्की !

काठमाण्डु, १७ फागुन– नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
mahavir punसङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठन (World Meteorology Organization)  को सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।
सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ । साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस

खेलकुद समाचार

रेडियो कार्यक्रम

लेख तथा रचना

आर्थिक समाचार

आर्थिक समाचार

संविधान निर्माण पछि ठूला दल एक ठाउँमा नआउनु दुर्भाग्यः कृषिमन्त्री गजुरेल

फाल्गुण १८ रामेछाप 
कृषि विकास मन्त्री हरिवोल गजुरेलले संविधान निर्माण पछि ठूला दलहरु एक ठाउँमा आउन नसक्नु दुर्भाग्यपूण भएको बताउनुभएको छ । संविधान बनाउने बेलामा एकै ठाउँमा रहेका काँग्रेस, एमाले र एमाओवादी अहिले एकै ठाउँमा नहुनु दुर्भाग्यपूण भएको उहाँले बताउनुभयो । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार भएको २१ औ जिल्ला परिषदको निर्णय सार्वजनिकरण कार्यक्रमा बोल्नुहुदै एमाओवादी नेता समेत रहेका गजुरेलले तीन पार्टी एक ठाउँमा नआएसम्म संविधान कार्यान्वयनको काम जटिल हुने बताउनुभयो । गजुरेलले काँग्रेसलाई सरकारमा ल्याउनको लागि प्रयत्न भईरहेको पनि खुलासा गर्नुभयो ।

नेपालको राजनीतिमा राजनीतिक दलहरुले ठूलो ब्रेक गरेका भए पनि व्यवहारमा अझै ब्रेक गर्न बाँकि रहेको मन्त्री गजुरेलले बताउनुभयो । उहाँले जतिबेलासम्म व्यवहारमा ब्रेक हुँदैन तबसम्म देशले गति लिन नसक्ने पनि बताउनुभयो । जनताहरुले छिटो छिटो आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन होस् भन्ने आशा गरेका भए पनि त्यो अनुसारको परिवर्तन हनु नसक्दा असन्तुष्टि र निराशा बढ्दै गएको उहाँले बताउनुभयो । कार्यक्रममा सांसद कमला सुवेदी, एमाओवादी केन्द्रीय सदस्य धावा लामा, जिल्ला स्थिति राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल तथा विभिन्न नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पनि जिविसले सार्वजनिक गरेको कार्यक्रमको सफल कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभएको छ । 
कार्यक्रममा रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले जिविसको आर्थिक वर्ष ०७३÷०७४ को कुल ३ अरव ६१ लाख ३७ हजार ७८ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । जसमा चालु तर्फ १ अरव ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।जिल्ला विकास समितिले आगामी वर्षका योजनामा भौतिक पुर्वाधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुङ्गेपुल निर्माण तथा मर्मत, बैकलल्पीक उर्जा, सहरी पूर्वाधार विकास लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् ।त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।

अन्तर्राष्ट्रिय समाचार

Coming soon ............

राष्ट्रिय समाचार

Coming Soon............

Powered by सुदिप श्रेष्ठ