नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रामेछापको अध्यक्षमा पुन ः नारायण नेपाली निर्वाचित



नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रामेछापको अध्यक्षमा पुनः नारायण नेपाली निर्वाचित हुन भएको छ । शनिबार मन्थलीमा सम्पन्न मोर्चाको पाँचौँ जिल्ला सम्मेलनले नेपालीको नेतृत्वमा २९ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आकाश रिजाल, मिन कुमार खाती, सरोज कटुवाल, सचिवमा गम्भिर विक , उपसचिवमा सिताराम मुगराती, काजि मुगराती, बालकुमारी बिक र कोषध्यक्षमा उद्धव रम्तेल रहनुभएको छ ।
सदरमुकाम मन्थली स्थित मन्थली क्याम्पसहलमा भएको कार्यक्रमको अध्यक्षता मोर्चाका जिल्ला अध्यक्ष नारायण बहादुर नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल  राष्ट्रिय दलित मुक्ति मोर्चाको ३ नम्वर प्रदेशका संयोजक अम्बर बहादुर  विकले दलितका लागी नयाँ संविधानल व्यवस्था गरेका अधिकार कार्यान्वयनमा ल्याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
 
उहाँले दलितका लागी राज्यले धेरै कुराहरुको व्यवस्था गरेको भएपनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष नारायण बहादुर नेपालीले सङगठनलाई मजबुत बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद तारानारायण श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

अविचलका सृजनाको एकल बाचन कार्यक्रम


रामेछाप । बैशाख २५,

 वसन्त पल्लव त्रैमासिकका संयोजक प्रकाश परिष्कारको अध्यक्षता तथा डाक्टर सुमन कमर्चायको प्रमुख अतिथ्यितामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न साहित्यिक स्रस्टाहरुले आआाफ्नो सृजनाहरु वाचन गरेका थिए । पल्लव त्रैमासिकको आयोजनामा हुने एकल वाचन कार्यक्रम यो तेस्रो सस्करण रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रहरी निरिक्षक मखन प्रसाद यादव, पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङ, प्राध्यापक पेशल आचार्य लगायतले कविता वाचन गरेका थिए । 
साहित्कि स्रष्टा उद्धव अविचलका सृजनाको एकल वाचन कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । वसन्त पल्लव त्रैमासिकको आयोजनामा भएको सो कार्यक्रममा उद्धव अविचलका गजल मुक्तक कविता लगाएत विभिन्न विधामा गरी १९ वटा रचना वाचन भएका थिए ।

Powered by सुदिप श्रेष्ठ