अविचलका सृजनाको एकल बाचन कार्यक्रम


रामेछाप । बैशाख २५,

 वसन्त पल्लव त्रैमासिकका संयोजक प्रकाश परिष्कारको अध्यक्षता तथा डाक्टर सुमन कमर्चायको प्रमुख अतिथ्यितामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न साहित्यिक स्रस्टाहरुले आआाफ्नो सृजनाहरु वाचन गरेका थिए । पल्लव त्रैमासिकको आयोजनामा हुने एकल वाचन कार्यक्रम यो तेस्रो सस्करण रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रहरी निरिक्षक मखन प्रसाद यादव, पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङ, प्राध्यापक पेशल आचार्य लगायतले कविता वाचन गरेका थिए । 
साहित्कि स्रष्टा उद्धव अविचलका सृजनाको एकल वाचन कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । वसन्त पल्लव त्रैमासिकको आयोजनामा भएको सो कार्यक्रममा उद्धव अविचलका गजल मुक्तक कविता लगाएत विभिन्न विधामा गरी १९ वटा रचना वाचन भएका थिए ।

0 Response to "अविचलका सृजनाको एकल बाचन कार्यक्रम "

Post a Comment

Powered by सुदिप श्रेष्ठ