पुनर्निर्माण सम्बन्धि गुनासो कार्य्विधिलाई संसोधन गर्नुपर्ने रामेछापका राजनितिक दलहरुको माग

रामेछाप । साउन १३ गते,बिहिबार
रामेछापका राजनितिक दलहरुले भुकम्प पिडितहरुको लागि बनाएको निजि आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धि गुनासो ब्यवस्थापन कार्य्विधि २०७३ लाई पुनः संसोधन गर्नु पर्ने माग गरेका छन् । जिल्ला विकास समिति रामेछापमा मंगलबार आयोजित अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रममा सबै राजनितिक दलका प्रतिनिधिहरुले कार्य्विधि प्रति आपत्ति जनाएका थिए । स्थानिय विकास अधिकारी दिनेश राज पन्तको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति झपडराज भण्डारीले यहि निर्दे्शिका अनुसार जाने हो भने पिडितले अनुदान पाउन अझै चार –पाँच वर्ष लाग्ने बताउनु भयो । भुकम्प पिडितले अनुदानको रकम पाउने वा नपाउने निर्णय छिटो गर्नु पर्ने उहाँले जिकिर गर्नु भयो । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले कार्य्विधिनै अपुग रहेकोले संसोधन गर्नु पर्ने बताउनु भयो । उहाँले समस्या स्थानिय स्तरमानै समधान गर्न स्थानिय स्तरको समिति आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जान लामाले भुकम्प पिडितको नाममा बैठक गोष्ठी मात्र गरेर समस्याको समाधान नहुने बताउनु भयो । उहाँले छिटो भन्दा छिटो परिणाम आउने खालको कार्य्विधि आवश्यक रहेको बताउनु भयो । कार्यक्रमको सुरुमा  उप– क्षेत्रिय कार्यालय दोलखाका उप प्रमुख एवं सहसचिव हरि प्रसाद शर्माले  निजि आवास पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धि गुनासो ब्यवस्थापन कार्य्विधि २०७३ प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जिल्लामा उठेको गुनासो राज्यले सम्बोधन गर्ने बताउनु भयो ।
उहाँले आ आफ्नो कर्तव्य र दायित्व सम्झेर काम गरे कुनै कानुनको आवश्यक नहुने पनि बताउनु भयो । कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै उपप्रमुख हरि प्रसाद शर्माले राज्यले बनाएको निति नियम भन्दा बाहिर जान नसक्ने बताउदै कार्य्विधि अनुसार अगाडी बढ्न सवैले हातेमालो गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा मालेका सचिव ओम बाबु पुरी , नेकपा माओवादीका तिर्थ कार्की, पत्रकार हिमाल ढुङ्गेल, बद्रि नयाघरे लगाएतले पिडितलाई अनुदानको रकम दीन ढिलो भएको प्रति आपत्ति जनाउनुभएको थियो   ।  सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गाविस सचिवहरुको सहभागिता रहेको थियो ।

बाढि पहिरोको जोखिमा रहेको नागरिकहरुलाई सतर्कता अपनाउन जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापको आग्रह

रामेछाप । साउन १३ गते, मंगलबार
जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापले बर्षातको समयमा हुने जोखिमलार्ई ध्यान दिदै त्यस्ता घटना भए जानकारी गराउन सबैसंग आग्रह गरेको   छ । जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हस्ताक्षेर गरेको सूचनामा जोखिमपुर्ण अवस्थाको सिर्जना भएमा जिल्ला प्रशासन कार्यालयको फोन नम्बर ०४८—५४०१३३ र ०४८ —५४००८८ मा सम्पर्क गरेर जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नेपाली सेना ०४८ —४००००९ नेपाल प्रहरी १०० र ०४८ —५४००९९ ,शशस्त्र प्रहरीबल ०४८ —५४०४७८ मा सम्पर्क गरि जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै नजिकैको प्रहरी चौकी ,नगरपालीका र गाविसको कार्यालयमा जानकारी गराउन पनि सबै नागरिक संग आग्रह गरेको छ ।
रामेछापको दुरागाउँ,भुजि ,लखनपुर,नामाडि ,गुम्देल,खिम्ती गाविसहरुका बाढि पहिरोको जोखिममा रहेको ठाँउहरुका नागरिहरुलाई सुरक्षित ठाँउमा बसोबास गर्न र बेलैमा पुर्व तयारी गर्न पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले आग्रह गरेको छ । त्यसैगरि खोला ,नदिकिनार र भिरमुनी रहेका बस्तीका नागरिकहरुलाई पनि बेलैमा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै जोखिम पुर्ण क्षेत्रका नागरिकहरुलाई नजिकको सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण को आवश्यक व्यवस्था मिलाउन स्थानिय निकायहरुलाई पनि अनुरोध गरेको छ ।केहिदिन अघि आएको पहिरोमा परि भुजि गाविसमा भएको क्षेतिको बिबरणका बारेमा पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी गराएको छ । पहिरोमा परि भुजि गाविसको वडा नम्वर २ मा ६ घर पुरिएको र १५ वटा चौपाएहरुको मरेको जानकारी दिएको छ । घटना हुन साथ जिल्लाका सरोकारवाला निकाय सबै परिचालन गरि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारि आवश्यक प्रबन्ध मिलाएको  जानकारी दिएको छ ।  त्यस्तै जिल्लाका बिभिन्न ठाउमा अबरुद्ध सडक खुलाई  सुचारु गर्ने प्रयास जारी रहेको पनि जिल्ला दैवि प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।

रामेछापको पिङ्खुरिमा गाउँघर क्लिनिक सेवा सुढृणिकरण अभिमुखिकरण सम्पन्न

रामेछाप । साउन १३ गते, बिहिबार
रामेछापको पिङ्खुरि गाविस वडा नम्बर ४ मा सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवा सुढृणिकरण सम्बन्धि अभिमुखिकरण तालिम बुधबार सम्पन्न भएको छ । स्वास्थ्य चौकि पिङ्खुरि को आयोजना तथा पाहाडि समाज केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अतिरिक्त पोषण स्वास्थ्यका महेष प्रसाद विष्ट र मनिषा श्रेष्ठले तालिममा सहजिकरण गर्नुभएको थियो । तालिममा गाउँघरमा रहेका क्लिनिक हरुमा कसरि सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति , वुद्धिजिवि तथा सर्वसाधरणको सहभागिता रहेको थियो । यसैबिच कार्यक्रम बाट सामुदायिक स्तरको गाउँघर क्लिनिक सेवाको नयाँ समिति पनि गठन भएको छ । सरिता खत्रिको अध्यक्षतामा ८ जनाको समिति गठन गरिएको पिङखुरिबाट सामुदायिक रिर्पोटर सरिता खत्रिले जानकारि दिनुभयो ।

यो मायाको संसार यस्तै यस्तै हो । अंक 3

यो मायाको संसार यस्तै यस्तै हो । अंक २

यो मायाको संसार यस्तै यस्तै हो । 1

आर्थिक बर्ष २०७२÷७३ मा रामेछापबाट १४ हजार २ सय ८२ नागरीकता बितरण

रामेछाप । साउन १० गते, सोमबार
जिल्ला प्रशासन कायलय रामेछापबाट आर्थिक बर्ष २०७२÷७३ मा १४ हजार २ सय ८२ जाना नागरिकहरुले नागरीकताको प्रमाणपत्र लिएका छन् । जसमध्ये बंशजका आधरमा सक्कल नागरीकता ९ हजार ५ सय ४३ जनाले बनाएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रशासनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा प्रतिलीपी ४ हजार ७ सय ३२ र बैबाहिक अंगिकृत नागरीकता ३ जनाले लिएका छन् । यस्तै नावालक तथा नावालीका परिचय पत्र १ सय ८९ जनाले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामेछापको डडँुवामा मेलमिलाप कर्ता छनौट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रामेछाप । साउन १० गते, सोमबार
रामेछापको डडँुवा गाविसमा मेलमिलाप कर्ता छनौट  तथा अभिमुखिकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्डका कार्यक्रम संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । त्यसैगरि तालिम अधिकृत अधिबक्ता पाण्डब प्रसाईले मेलमिलाप , यसको आवश्यकता र मेलमिलाप को प्रक्रिया को बारेमा जानकारि गराउनुभयो । कार्यक्रममा डडँुवा गाविसका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, स्थानिय समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम बाट गाविसमा तालिम लिने २७ जना मेलमिलाप कर्ताहरुको नाम छनौट समेत गरिएको छ ।

Powered by सुदिप श्रेष्ठ