आर्थिक बर्ष २०७२÷७३ मा रामेछापबाट १४ हजार २ सय ८२ नागरीकता बितरण

रामेछाप । साउन १० गते, सोमबार
जिल्ला प्रशासन कायलय रामेछापबाट आर्थिक बर्ष २०७२÷७३ मा १४ हजार २ सय ८२ जाना नागरिकहरुले नागरीकताको प्रमाणपत्र लिएका छन् । जसमध्ये बंशजका आधरमा सक्कल नागरीकता ९ हजार ५ सय ४३ जनाले बनाएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रशासनका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा प्रतिलीपी ४ हजार ७ सय ३२ र बैबाहिक अंगिकृत नागरीकता ३ जनाले लिएका छन् । यस्तै नावालक तथा नावालीका परिचय पत्र १ सय ८९ जनाले लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 Response to "आर्थिक बर्ष २०७२÷७३ मा रामेछापबाट १४ हजार २ सय ८२ नागरीकता बितरण"

Post a Comment

Powered by सुदिप श्रेष्ठ