स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने रामेछापका ढुवानी व्यवसायीहरुको माग

असार १७ गते ,रामेछाप
रामेछाप जिल्लामा ढुवानी व्यवसाय गदैआएका व्यवसायीहरुले नेपालको संविधान २०७२ मा उल्लेख भए बमोजिम स्वतन्त्र पेशा व्यवसाय र मौलीक हकको उपयोग गर्न पाउनुपर्ने लगाएतका माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपालको संविधान २०७२ को धारा १७ (च) बमोजिम स्वतन्त्र पेशा व्यवसाय गर्न पाउनुपर्ने ,ढुवानी सेवा व्यवसायीहरुमा परेका समस्या, वाधा अड्चना लगाएतलाई जिल्ला प्रशासन कार्यालय मार्फत सुल्झाउनुपर्ने माग गरेका छन् । त्यस्तै काठमाण्डौ,भकुन्डे,खुर्काेट,सिन्धुली,मन्थलीको सडक ईजाजत पत्र दिनुपर्ने ,ईजाजत पत्र नपाएसम्म सहजरुपमा कुनै अवरोध विना आवात जावत गर्न पाउनुपर्ने लगाएतका माग ज्ञापनपत्रमा गरिएको छ ।




मन्थली क्याम्पसको अन्र्तक्रिया कार्यक्रम

असार १७ गते ,रामेछाप
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसले बिहिबार एक कार्यक्रमको आयोजना गरि क्यम्पसको वर्तमन अवस्थाका वारेमा जनारकारी गराएको छ । क्यम्पसको वर्तमान अवस्था जानकारी गराई  शैक्षिक सुधारका लागि सुझाव लिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले बताउनुभयो । क्याम्पसको गुणस्तर मापनका क्रममा मध्यामञ्चलमा छनौट भएका १६ वटा क्याम्पसहरु मध्ये यस क्याम्पस पनि परेकोले यसलाई राम्रो वनाउन सबैको सहयोगको आबश्यकता रहेको पनि प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रम क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद सुबेदीको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे हो ।

रामेछापको टोकरपुरमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

असार १७ गते ,रामेछाप
रामेछाप जिल्लाको टोकरपुर गाविसमा सामुदायिक मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । युएसएडको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड मन्थली रामेछापले कार्यक्रमको आयोजना गरेको हो । सामुदायिक मेलमिलाप अन्र्तगत सो गाविसमा सञ्चालन हुने कार्यक्रमको बारेमा सरोकार वालाहरुलाइ जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा संस्थाले सञ्चालन गर्ने कार्यक्रमको बारेमा सेलर्ड रामेछापका कार्यक्रमका संयोजक नवराज पथिकले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानीय शान्ती समितिका पूर्व संयोजक तुला प्रसाद कंडेलको  पनि उपस्थीती रहेको थियो । कार्यक्रममा गाविस स्थीत राजनैतिक दलका प्रमुखहरु, शिक्षक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा नागरिक मञ्चका संयोजकहरु र स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कण्ठेश्वर उमाविका प्रध्यानाध्यापक राम बाबु कंडेलले सामुदायिक मेलमिलाप कार्यक्रमले शान्ती र सद्भावको लागि सहयोग पुग्ने बताउनुभयो ।

शान्ती समिति रामेछापको अन्र्तक्रिया कार्यक्रम

असार १७ गते ,रामेछाप
स्थानीय शान्ती समिति रामेछापले गाविस स्तरीय शान्ती समितिको क्रियाशिलताको अवस्थाका वारेमा गाविस सचिवहरुस्ाँग अन्र्तक्रिया गरेको छ । सदरमुकाम मन्थलीमा बिहिबार स्थानीय शान्ती समितिका संयोजक टिका प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा   गाविस सचिव हकहीत तथा संरक्षण केन्द्रका का अध्यक्ष लक्ष्मण भुजेल शान्ती समितिका पूर्व संयोजकहरु लेख बहादुर कार्की र शिवजी घिमिरे लगाएतले  बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा गाविस स्तरीय शान्ती समितिले कार्ययोजना बनाइ जिविसमा पेश गरे पनि हाल सम्म रकम निकासा नभएको प्रति गाविस सचिवहरु आक्रोशित भएका थिए । उनीहरुले अधिकांस गविस स्तरका शान्ती समितिका संयोजकहरुले परिवर्तन हुन नचाहेको बताएका थिए ।

जिल्ला प्रशासन कार्यालय रामेछापले निःशुल्क फारम पाईने

असार १७ गते ,रामेछाप
जिल्ला प्रशासन रामेछापमा विभिन्न किसिमका निबेदनका फारमहरु निःशुल्क रुपमा पाईने भएको छ । निशुल्क पाईने फारमहरुमा राहदानी सिफारीस, नागरिकता अभिलेख प्रमाणित, पेन्सन केश, नाम र जन्ममिति नोकरी प्रमाणित, अबिबाहित प्रमाणित  रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिनुभयो । त्यस्तै जनजाति, दलित प्रमाणित, संस्था नविकरण, हातहतियार नविकरण प्रकृतिक प्रकोप , विधान संसोधनका र पतिको नाम थर ठेगाना कायम गरी नागरिकताको प्रतिलिपी पाउने सम्बन्धि लगाएतका रहेका छन् । प्रशासनमा आएका सेवाग्राहिहरु नठगिउन भन्ने उद्देश्यले ति निबेदनका फारामहरु निःशुल्क रुपमा उपलब्ध गराइएको पनि अधिकारीले बताउनुभयो । प्रशासन कार्यालय वाट उपलब्ध गराइएका फारामहरु भर्न नजान्नेहरुका लागि निःशुल्क रुपमा भरिदिने ब्यवस्था समेत रहेको उहाँको भनाई छ । 

अफगानिस्तानको काबुलमा भएको आत्मघाती बिस्फोटमा परि ४० जनाको मृत्यु

 असार १६ गते ,
 बिहीबार दिउँसो अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा परि सेनाको तालिम लिएर फर्केका प्रशिक्षार्थीसहित ४० जनाको ज्यान गएको छ । अफगानिस्तानको राजधानी काबुल नजिकै गुडिरहेको गाडीमा आक्रमण भएको बिबिसीले जनाएको छ आक्रमणकारीले काबुलको पश्चिमी शहर सरहदमा सेनाको तालिम लिएर फर्कँदै गरेका प्रशिक्षार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमणमा केही सर्वसाधरणको समेत ज्यान गएको आशंका गरिएको छ ।आक्रमणको जिम्मा तालिवानले लिएको छ । तालिवानले बिहीबारको आक्रमण केही दिनअघि काबुलमै नेपाली सुरक्षा गार्ड चढेको बसमा भएको आक्रमणकै निरन्तरता भएको जनाएको छ ।

रामेछापका ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता

रामेछाप । असार १६ गते ,
भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि सरकारले १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।रामेछापमा मात्रै ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको छ । रामेछापमा भूकम्पबाट पीडित परिवारको संख्या ४३ हजार ६ सय ९ छ । त्यसमध्ये ३ हजार ५६ सँग भने अनुदान सम्झौता हुन बाँकी छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार असार १४ गतेसम्म गोरखामा ४० हजार ८ सय ५७, सिन्धुपाल्चोकमा २८ हजार ९ सय ६४ घरधनीसँग अनुदान सम्झौता भएको छ ।यस्तै दोलखामा २० हजार ५ सय ५७, ओखलढुंगामा १७ हजार २, धादिङमा १२ हजार ६ सय ३९, काभ्रेमा ८ हजार ९ सय ९१ घरधनीसँग अनुदान सम्झौता भएको छ ।त्यस्तै नुवाकोटमा ७ हजार ७ सय ५३, रसुवामा २ हजार ७७, सिन्धुलीमा ११ सय र मकवानपुरमा ५ सय २० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

नेपालभरका उत्कृष्ट पाँच कृषकहरुमा रामेछापका कृषक राङदान तामाङ पनि

रामेछाप । असार १६ गते ,
नेपालभरका उत्कृष्ट पाँच कृषकहरुमा रामेछापका कृषक पनि परेका छन् । रामेछापको डडुवा गाविसमा किवि,चिया ,जडिबुट्टि लगाएका मिश्रीत खेती गर्ने कृषक राङदान तामाङ उत्कृष्ट पाँच कृषकमा पर्नुभएको हो । तामाङ सहित उत्कृष्ट पाँच कृषकहरुलाई कृषि बागवनी केन्द्र खुमलटारमा बुधबार एक कार्यक्रमका बिच पुरस्कृत गरिएको छ । १ लाख नगद सहित कृषिमन्त्री हरिवोल गजुरेल र पशुविकास मन्त्री शान्ता मानवीले सम्मान गर्नुभएको हो । अन्य सम्मानीत हुनेहरुमा माँैरीपालन तर्फ झाँपाकी देवि कुमारी ओली,बर्दियाका बाख्रा पालक कृषक शर्मा चौधरी,कैलालीका केरा खेती गर्ने कृषक विनोद कुमार साहा र कास्कीका भैँसि पालक कृषक ईन्द्र बहादुर गुरुङ रहनुभएको छ । गुरुङलाई सर्वउत्कृष्ट कृषकको रुपमा २ लाख नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा कृषि मन्त्रालयका सचिव उक्तम कुमार भट्राईले पनि उत्कृष्ट कृषकहरुलाई बधाई दिनुभएको थियो ।

९१ औ पुष्पलाल जयन्ती रामेछापमा पनि मनाईयो

रामेछाप । असार १६ गते ,
९१ औ पुष्पलाल जयन्ती रामेछापमा पनि मनाईएको छ । पुष्पालको जन्मभुमि रामेछापमा उहाँप्रति श्रद्धा व्यक्त गदै जन्म जयन्ती मनाईएको हो । सदरमुकाम मन्थलीको तिनलाल सालिकमा रहेको पुष्पलालको सालिकमा मल्र्यापन गरि उहाँप्रति सम्मान गरिएको हो । नेकपा एमाले वैकल्पीक केन्द्रीय सदस्य देवशंकर पौडेल,एमाले रामेछापका अध्यक्ष शान्ती प्रसाद पौडेल,उपाध्यक्ष प्रेम तामाङ लगाएतका नेताहरुले तिनलाल पार्क पुगेर पुष्पलाल लगाएत गंगलाल र कृष्णलालको सालिकमा समेत माल्र्यापन गनर्नुभएको थियो ।

जल्ला प्रशासन कार्यालय रामेछापद्धारा म्याद गुज्रेका पिय पदार्थहरु नष्ट

रामेछाप । असार १६ गते ,
जिल्ला प्रशासन कार्यालय रामेछापले म्याद गुज्रेका पिय पदार्थहरु बुधबार नष्ट गरिएको छ । गत बैशाख १५ गते रामेछाप बजारमा गरिएको अनुमगनको क्रममा फेला पारेको म्याद गुज्रेका पिय पदार्थहरुलाई जिल्ला प्रशासन कार्यालय परिसरभित्र सरोकारवालाहरुको सहभागितामा नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको नेतृत्वमा रहेको टोलीले म्याद गुज्रेका ५० बोतल अर्थात ६सय मिलिलिटर मिरिण्डा, १५ बोतल अर्थात २ लिटर स्प्राइट र २ लिटर कोकाकोला नष्ट गरिएको छ । टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका निरज खड्का, उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल, प्रहरी सहायक निरिक्षक विवेक खड्का तथा पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङको  सहभागिता रहेको थियो ।
 

गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण अवस्था बारे समीक्षा



रामेछाप असार १४ गते,
रामेछाप जिल्लामा भूकम्प पछि गर्भवती तथा सुत्केरी महिला बालबालिकाहरुको पोषण अवस्थाको आवधिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको युनिसेफको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय रामेछापको समन्वयमा तामाकोसी सेवा समितिले सञ्चालन गरेको सो कार्यक्रममको प्रगति तथा आगामी योजनाको बारेमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको हो
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाशप्रसाद साहले सो कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अभियानबाट २० जना गर्भवती सुत्केरी महिलाहरुमा कुपोषणको समस्या देखिएको बताउनुभयो उनीहरुको नियमित उपचार भई रहेको उहाँले जानकारी दिनुभयो साथै ७३ जना महिनादेखि वर्षसम्मका बालबालिकाहरुमा कुपोषणको समस्या देखिको उहाँले जानकारी दिनुभयोे ती मध्ये जनालाई बाहिर रिफर गरिएको समेत उहाँले जानकारी दिनुभयो
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षता रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा डाक्टर साहले यस अवधिमा बालबालिकालाई पोषणयुक्त वालविटा वितरण गरिएको पनि बताउनुभयो उहाँले बच्चा तथा गर्भवती सुत्केरीको घरदैलोमा गएर जाँच तथा औषधी वितरणको काम भएको पनि जानकारी दिनुभयो जिल्लाका विभिन्न १० स्थानमा केन्द्र स्थापना गरी अभियान सञ्चालन भई रहेका उहाँले जाकारी दिनुभयो
 साथै हजार सय गर्भवती तथा सुत्केरी महिलालाई हाइजेनिक किड्स वितरण गरिएको पनि डाक्टर साहले जानकारी दिनुभयो उहाँले सोही परिमाणमा खाना पकाउने खाने भाँडाको सेट समेत वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले स्वस्थ्य नागरिक भए मात्र मुलुकको विकास सम्भव भएकाले त्यसका लागि स्वास्थ्य क्षेत्रमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, सामाजिक संस्थाका प्रमुख एवं नागरिक अगुवाहरुको सहभागिता रहेको थियो

पुरानागाउँका महिलाले सञ्चालन गरेको कार्यक्रमको अनुगमन

रामेछाप असार १४ गते,
पुरानागाऊँ महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको जिल्लास्तरीय अनुगमन गरिएको महिला तथा बालबालिका कार्यालय अन्तर्गतको लैगिक मुलप्रवाहिकरण समन्वय समितिको समन्वयमा कार्यक्रम भएको हो
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुरानागाऊँका महिलाहरुले भोग्दै आएका समस्या चुनौतिकोे बारेमा महिलाहरुसँग छलफल गर्नुभएको थियो महिला माथि हुने जुनसुकै हिंसाको घटनाहरु क्षमायोग्य नहुने भएकाले बेलैमा सत्यतथ्य घटनाहरुको बारेमा प्रहरीलाई उजुरी दिन सबैसँग आग्रह उहाँले आग्रह गर्नुभयोे
महिला तथा बालबालिका कार्यालयकी अधिकृत सुशिला वाग्लेले रामेछापको पुरानागाऊँ धेरै महिला हिंसा हुने गाविस मध्ये एक भएकाले महिलाहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चान गरिएको बताउनुभयो उहाँलेले सचेतनाको कमि उजुरीमा गरेको ढिलाईले पीडकले उन्मुक्ति पाएको भन्दै महिला तथा बालबालिका कार्यालय यसलाई रोक्न लागि परेका बताउनुभयो
संस्थाले सो गाविसका विभिन्न ओटा वडामा समिति बनाएर महिला सम्बन्धी सचेतानामुलक कार्यक्रमहरु गर्दै आएको संस्थाकी अध्यक्ष हिरा गिरीले जानकारी दिनुभयो अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय प्रमुख मोहन कुमार परियार, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ल, पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत ज्ञान बहादुर थापा, घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत राजेन्द्र कुमार श्रेष्ठ, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत राम सुन्दर शाह नेपाल पत्रकार महासंघका उपाध्यक्ष युनिक विफा घिसिङ लगाएतको सहभागिता रहेको थियो

Powered by सुदिप श्रेष्ठ