अफगानिस्तानको काबुलमा भएको आत्मघाती बिस्फोटमा परि ४० जनाको मृत्यु

 असार १६ गते ,
 बिहीबार दिउँसो अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा परि सेनाको तालिम लिएर फर्केका प्रशिक्षार्थीसहित ४० जनाको ज्यान गएको छ । अफगानिस्तानको राजधानी काबुल नजिकै गुडिरहेको गाडीमा आक्रमण भएको बिबिसीले जनाएको छ आक्रमणकारीले काबुलको पश्चिमी शहर सरहदमा सेनाको तालिम लिएर फर्कँदै गरेका प्रशिक्षार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमणमा केही सर्वसाधरणको समेत ज्यान गएको आशंका गरिएको छ ।आक्रमणको जिम्मा तालिवानले लिएको छ । तालिवानले बिहीबारको आक्रमण केही दिनअघि काबुलमै नेपाली सुरक्षा गार्ड चढेको बसमा भएको आक्रमणकै निरन्तरता भएको जनाएको छ ।

0 Response to "अफगानिस्तानको काबुलमा भएको आत्मघाती बिस्फोटमा परि ४० जनाको मृत्यु"

Post a Comment

Powered by सुदिप श्रेष्ठ