भारतीय सेनाको आक्रमणमा २ सैनिक मारिएको पाकिस्तानको दावी, सीमा क्षेत्रमा ६ घण्टा गोलाबारी

काठमाण्डौ । असोज १३, बिहिबार । भारतले पाकिस्तानसँगको सीमा क्षेत्र काश्मिरको नियन्त्रण रेखामा

आतंकवादी विरुद्ध भन्दै सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक्स’ गरेको छ । भारतीय पक्षको फायरिङमा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले जनाएको छ । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले बुधबार राति पाकिस्तानी सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा आतंकवादी जम्मा भएको सूचना पाएपछि कारबाही गरेको बताएको बिबिसीले जनाएको छ । पाकिस्तानी आतंकवादीले आक्रमणको योजना बनाइरहेकाले त्यसलाई रोक्न कारबाही गरेको उहाँले दाबी गर्नुभयो । यो कारबाही सकिएको र यसलाई निरन्तरता नदिने भारतले जनाएको छ । लेफ्टिनेन्ट जनरल सिंहले भारत कुनैपनि परिस्थितिको सामना गर्न तयारी अवस्थामा रहेको बताउनुभएको छ । यो महिना पाकिस्तानी आतंककारीले २० भन्दा बढी पटक भारतमा घुसपैठ गरेर मुख्य शहरमा हमला गर्ने योजना बनाएको उहाँले आरोप लगाउनुभयो । सीमा क्षेत्रमा बुधबार राति साढे २ बजेदेखि बिहान ८ बजेसम्म गोली चलेको थियो । पाकिस्तानी सेनाले पनि सीमा क्षेत्रमा भारतले गोलाबारी गरेको पुष्टि गरेको छ । पाकिस्तानी सेनाले आफू चुपचाप रहेका बेला भारतले एकतर्फी रुपमा भिम्बर, हट स्प्रिङ, केल र लीमा सेक्टरमा गोलाबारी गरेकोे जनाएको छ । पाकिस्तानले गोलाबारीमा आफ्ना दुई जना सैनिकको ज्यान गएको दावी पनि गरेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले गोलाबारीमा मारिएका सैनिकलाई श्रद्धान्जली दिँदै भारतको कदम खुला अत्याचारको भएको भन्दै निन्दा गर्नुभएको छ । पाकिस्तानी सेनाले अब आफ्नो जमिनमा कुनै सर्जिकल स्ट्राइक्स भएमा त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ ।

मुक्तिनाथ जाने तीर्थयात्री बढ्न थाले

म्याग्दी, असोज १३ गते,बिहिबार । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि
मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् ।सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ ।बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो ।सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिए । बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एक–एकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।

बी डिभिजनका खेलहरु बिहिबारवाट सुचारु हुने, रेफ्री कुटिएको बारे छानविन हुँदै

काठमाडौं ,असोज १३ गते, बिहिबार । शहिद स्मारक बी डिभिजन लिग फुटबलका बाँकी खेलहरु
बिहीबारबाट सुचालु हुने भएका छन् ।लिगअन्तर्गत गत मंगलवार एन्फा कम्प्लेक्सको मैदानमा भएको कुमारी क्लव र न्युरोड टिम एनआरटीबिचको खेलपछि म्याच रेफ्री कुटिएको घटनाले बुधबार खेल स्थगित गरिएका थिए ।एनआरटीसँगको खेलमा म्याच रेफ्री सुदिस पाण्डेले पक्षपात गरेको भन्दै कुमारी क्लबका पदाधिकारी र समर्थकले रेफ्री र म्याच अफिसीयललाई मैदानमै कुटेका थिए ।मैदानमा आफूहरु सुरक्षित नभएको भन्दै रेफ्री तथा अफिसियलहरुले खेल खेलाउन नमानेपछि बुधबारका खेल स्थगित गरिएका हन् ।यही विषयमा छलफल गर्न एन्फाको अनुशासन समितिले आज रेफ्री कमिटिसँग छलफल गर्दैछ । सोही छलफल, प्राप्त प्रमाण तथा रिपोर्टहरुको आधारमा छानविन गरी दोषीलाई कारवाही हुने एन्फाले जनाएको छ ।बुधबार स्थगित गरिएका खेलहरु आजबाट सुचालु हुने एन्फाले जनाएको छ । आज हलचोक मैदानमा दुई खेल हुनेछन् ।पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लव र रानीपोखरी कर्नर टिम आरसीटी भिड्दा दोस्रो खेलमा बाँसबारी क्लवले ब्वाईज युनियनसँग खेल्नेछ ।

रामेछापका सर्बसाधारणहरु ग्रामिण क्षेत्रका सडकमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य

रामेछाप । असोज १३ गते,बिहिबार
रामेछाप जिल्लाको  ग्रामीण भेगबाट सदरमुकाम आउन सर्वसाधारणले ज्यान नै जोखिममा राखी यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण भेगको सदरमुकाम मन्थली जोडिने महत्वपूर्ण बाटोको रुपमा रहेको बिभिन्न सडकखण्डमा रहेका ठूला–ठूला खाल्डा सम्बन्धित निकायले मर्मतसम्भार नगर्दा सर्वसाधारण असुरक्षित यात्रा गर्न बाध्य भएका हुन् ।
नेपालीहरुको महान पर्व विजयादशमी तिहार जस्ता पर्व नजिकिदै गदै सडकका कारण यात्रुहरु मारमा परेका छन् । दशैका लागी सामान किनमेल गर्न ग्रामिण क्षेत्रबाट सदरमुकामसम्म आउँने सडकहरु खाल्डाखुल्डी र हिलाम्मे हुदाँ सर्वसाधारणको ज्यान जोखिममा परेको छ ।
सहरी क्षेत्रबाट गाउँ चाड बाड मान्न आउनेलाई पनि सडकको कारण समस्या परेको छ ।
विशेषगरी रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट गाल्वा, दोम्बा, दिमीपोखरी, टोकरपुर जाने सडकको अवस्था दयनिय छ । सकडमा घण्टौँसम्म यातायताका साधनहरु फसेर बस्ने गर्दछन् । यसैगरी मन्थलीबाट बाम्ति, प्रिति जाने सडकको अवस्था पनि त्यस्तै छ ।  मन्थलीबाट साँघुटार र ओखलढुङ्गासम्म जाने सडकको अवस्थापन कमजोर रहेको यात्रीहरु बताउँछन् । काठमाडौँबाट काभ्रे हुँदै चौँरीबाट गाल्पासम्म आउने  सडक पनि जोखिमपुर्ण रहेको छ । सो सडकमा केही समय अघि ३१ जना मानिसहरुले ज्यान समेत गुमाएका थिए ।
रामेछाप जिल्लाका अधिकाँस ग्रामिण सडक बर्षाका कारण हिलाम्य हुदाँ सवारि आवत जावतमा समस्या भएको छ । भदौको अन्तिमदेखि परेको पानी अझै रोकिएको छैन । दशैँको लागि आउजाउ गर्ने मानिस र यातायात साधनको चाप बढेपनि सडकको मर्मत हुन सकेको छैन ।  दशैँअघि सडक मर्मत नगर्ने हो भने कुनै पनि बेला ठूलो दुर्घटना हुने खतरा बढ्दै गएको छ ।

एसएल सिमा सवोत्कृष्ट अङ्क ल्याउन सफल २ विद्यार्थी सम्मानित

रामेछाप । असोज १३ गते,बिहिबार
रामेछाप जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयमा एसएलसि परिक्षामा सवोत्कृष्ट अङ्क ल्याउन सफल २ जना विद्यार्थिलाई सम्मान गरिएको छ । २०७२ सालको  एसएलसि परीक्षामा ए ग्रेड ल्याउने विद्यार्थी विमल लामेछाने र सुमन आचार्यलाई नगद ५ हजार प्रदान गरेर सम्मान गरिएको हो ।
चण्डेश्वरी माध्यमिक विद्यालयको ६० औँ अभिभावक दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । विद्यार्थीहरुलाई चण्डेश्वरी क्लवका अध्यक्ष मानबहादुर खत्रीले व्यक्तिगत रकम सहयोग गर्नुभएको हो । विद्यालयका अध्यक्ष धनराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति देवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बङ्गालादेशबाठ सो विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गर्नुहुने जयकुमार यादवलाई सम्मान पनि गरिएको चण्डेश्वरी क्लबका अध्यक्ष मान बहादुर खत्रिले जानकारी दिनुभयो ।

न्यायिक संसारले रामेछापमा गरेका कामका बारेमा अनुगमन सुरु

रामेछाप । असोज १३ गते,बिहिबार
न्यायिक संसार नामक संस्थाले रामेछाप जिल्लाको दिमिपोखरी, हिलेदेवी र बेथान गाविसमा संचालन गरेको कार्यक्रमका बारेम बुधबारबाट अनुगमन गरेको छ । जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशुसेवा कार्यालय ,महिला तथा बालबालिका कार्यालय र नेपाल पत्रकार महासंघको टोलीले अनुगमन गरिरहेको छ । तीनदिनसम्म चल्ने अनुगमनका क्रममा संस्थाले ती गाविसहरुमा संचालन गरेको कार्यक्रमको अनुगमन भई रहको छ ।

रामेछापमा पनि अप्टिकल फाइबर विस्तार हुने

रामेछाप । असोज १३ गते, बिहिबार
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामिण  दुरसञ्चार कोषमार्फत ताप्लेजुङको चिवाभञ्जाँङदेखि काभ्रेको पाँचखालसम्म ३२ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्न पाँच अर्बको सम्झौता भएको छ । सम्झौंतापत्रमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्बर झा र नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा टेलिकमले  दुईवर्ष्िभत्र काभ्रे पूर्वका सवै पहाडी जिल्लामा फाइबर विस्तार गरिसक्नुपर्ने उल्लेख छ । यसअघि करिब एक हजार किलोमिटर फाइबर बिछ्याउन टेलिकमले चार अर्ब रुपैयाँको प्रस्ताव पेश गरेको थियो । तर प्राविधिक कारणले केही महँगो हुने भन्दै पाँच अर्ब रुपैयाँ पुर्याएर सम्झौंता गरिएको हो । टेलिकमले फाइबर विस्तारका नक्साकंन गरेको छ ।
प्रदेश एकका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संङ्खुवासभा, सुनसरी, मोरङ उदयपुर, खोटाङ, तेह्रथुम र भोजपुर जिल्लामा फाइबर विस्तारको काम गर्नेछ । प्रदेश दुईमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट , बारा, पर्सा, चितवन र प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुङ्गा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गर्नेछ ।मध्य पहाडी क्षेत्रलाई इन्टरनेटको पहुँचमा पुर्याउन पुर्वको स्लटलाई  टेलिकमसँग सहकार्य गरेर  गाउँगाउँका स्कुल, हेल्थपोष्ट लगायत सार्वजनिक स्थलमा इन्टरनेटको पहुँच विस्तार गरिने टेलिकमकी नवनियुक्त प्रवन्ध निर्देशक राजभण्डारीले बताईन्।कार्यक्रममा सञ्चार सचिव दिनेशकुमार थपलियाले विकासका लागि पूर्वाधार महत्वपूर्ण भएकाले टेलिकम पूर्वाधारको विकास गर्न सक्षम रहेको बताउनुभयो ।

Powered by सुदिप श्रेष्ठ