बी डिभिजनका खेलहरु बिहिबारवाट सुचारु हुने, रेफ्री कुटिएको बारे छानविन हुँदै

काठमाडौं ,असोज १३ गते, बिहिबार । शहिद स्मारक बी डिभिजन लिग फुटबलका बाँकी खेलहरु
बिहीबारबाट सुचालु हुने भएका छन् ।लिगअन्तर्गत गत मंगलवार एन्फा कम्प्लेक्सको मैदानमा भएको कुमारी क्लव र न्युरोड टिम एनआरटीबिचको खेलपछि म्याच रेफ्री कुटिएको घटनाले बुधबार खेल स्थगित गरिएका थिए ।एनआरटीसँगको खेलमा म्याच रेफ्री सुदिस पाण्डेले पक्षपात गरेको भन्दै कुमारी क्लबका पदाधिकारी र समर्थकले रेफ्री र म्याच अफिसीयललाई मैदानमै कुटेका थिए ।मैदानमा आफूहरु सुरक्षित नभएको भन्दै रेफ्री तथा अफिसियलहरुले खेल खेलाउन नमानेपछि बुधबारका खेल स्थगित गरिएका हन् ।यही विषयमा छलफल गर्न एन्फाको अनुशासन समितिले आज रेफ्री कमिटिसँग छलफल गर्दैछ । सोही छलफल, प्राप्त प्रमाण तथा रिपोर्टहरुको आधारमा छानविन गरी दोषीलाई कारवाही हुने एन्फाले जनाएको छ ।बुधबार स्थगित गरिएका खेलहरु आजबाट सुचालु हुने एन्फाले जनाएको छ । आज हलचोक मैदानमा दुई खेल हुनेछन् ।पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लव र रानीपोखरी कर्नर टिम आरसीटी भिड्दा दोस्रो खेलमा बाँसबारी क्लवले ब्वाईज युनियनसँग खेल्नेछ ।

0 Response to "बी डिभिजनका खेलहरु बिहिबारवाट सुचारु हुने, रेफ्री कुटिएको बारे छानविन हुँदै"

Post a Comment

Powered by सुदिप श्रेष्ठ