१८ चैत्र बिहिबार
२०७२
रामेछापका प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनःनिर्माणको महत्वपुर्ण चरणमा रहेकाले
गैर सरकारी संस्थाहरुले कार्यक्रम ल्याउदा पुनःनिर्माणलाई सहयोग पुग्ने खालको
कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
उहाँले कार्यक्रम ल्याँउदा राम्रो संग
आवश्यकता पहिचान गरेर ल्याउन पनि अनुरोध गर्नुभयोे । रामेछापमा काम गरिरहेको
मानसिक स्वास्थ्य परामर्ष केन्द्र नेपालले जिल्ला प्रसाशन कार्यालयमा बुधबार गरेको
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताउनुभएको हो । उहाँले
संस्थाहरुले काम गर्दा सरोकारवाला निकाय संग समन्वय गर्न कन्चुसाई गरेको भन्दै
अबदेखि समन्वयन गरेर काम र कामको जानकारी गराउन निर्देशन पनि दिनुभयो । जिल्लाका ६
वटा गाविसहरुमा मानसिक मरामर्शको काम गरिरहेको र अहिले सम्म २ हजार २ सय ६६ जना
मानिसहरुलाई काउन्सीलिङ गरि १४ जनालाई काठमाण्डौमा लगरे उपचार गरेको संस्थाको
तर्फबाट पशुपति महतले जानकारी गराउनुभएको छ ।
महतले कार्यक्रमलाई
प्रभाबकारी बनाउन सबैको सहयोग चाहिने पनि बताउनुभयो । कार्यक्रममा जिल्ला
स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रकाशप्रसाद साहाले संस्थाले सरोकारवाला निकाय
संग समन्वयन गरेर अगाडि बढेमा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले जुनै
पनि कार्यक्रम समन्वयनविना सफल हुन नसक्ने भन्दै मानसिक स्वास्थ्य परामर्ष केन्द्र
नेपालले पनि आफुहरु संग कम समन्वयन गरेको बताउनुभयो । जिल्लामा स्वास्थ्य सम्बनधी
हुने कार्यक्रमका बारेमा आफुलाई थाहा हुनुपर्ने तर समन्वयनका अभाबका कारण कति
सस्थाहरुका कामका बारेमा थाहा नभएको उहाँको भनाई छ । कार्यक्रममा सहभागी राजनितिक
दलका नेताहरुले सस्थाहरु बिभिन्न बाहानामा जिल्लामा आउने तर तिनिहरुको काम भने
त्यति प्रभाबकारी नभएको भन्दै एकद्धार प्रणलीबाट संस्थाहरुले काम गर्नुपर्नेमा जोड
दिएका छन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयका प्रमुख शुसिला वाग्लेले भने
मानसिक रोग लागेको मानिसहरुलाई राख्ने ठाँउको अभाब रहेको बताउनुभयो । उहाँले
दिमागले कामै नगर्ने भएपछि मानसिक रोगिले जे पनि व्यवहार गर्ने र जता पनि जाने
भएकाले त्यस्ता रोगिहरुका लागी केहि समय राख्न भनेपनि सुरक्षित ठाँउको व्यवस्था
चाडै गर्नुपर्नेमा जोड दिनुभयो ।
१७
चैत्र बुधबार २०७२

इजिप्ट
एयरको विमान अपहरण गर्ने व्यक्ति सैफ अलदिन मुस्तफाले प्रयोग गरेको आत्मघाती बम
(विस्फोटक पदार्थले भरिएको पेटी) नक्कली रहेको खुलासा भएको छ । मंगलबार दिउँसो
मुस्तफाले इजिप्टको अलेक्जेन्ड्रियाबाट काएरोका लागि उडेको इजिप्ट एयरको फ्लाइट
एमएस १८१ विमान अपहरण गरेर साइप्रस लगेका थिए । उनले आफ्नो शरीरमा आत्मघाती
बमसहितको पेटी रहेको बताएर पाइलटलाई विमान गर्न लगाएर साइप्रसको लार्नाका
विमानस्थलमा अवतरण गर्न लगाएका थिए ।मुस्तफाले प्रयोग गरेको आत्मघाती बम नक्कली
रहेको इजिप्टका अधिकारीले बताएका छन् । विमान अपहरणको स्पष्ट कारण अझैसम्म खुलेको
छैन, तर
यो घटना आतंककारी मनसायले नभएको इजिप्टका आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।
अपहरणकारीले विमानका सबै यात्रु तथा चालकदलका सदस्यलाई कुनै नोक्सानी नपुर्याई
छोडेका थिए । अपहरण गर्ने मुस्तफा मनोवैज्ञानिक रुपमा अस्थिर रहेको साइप्रसका
अधिकारीले बताएका छन् । मुस्तफाले साइप्रसमा रहेकी आफ्नी पूर्व श्रीमतीसँग कुरा
गर्न चाहेपछि उनलाई प्रहरीले विमानस्थल ल्याएको थियो । काएरोमा रहेको प्रहरीले
मुस्तफाका आफन्तसँग सोधपुछ गरिरहेको छ । एयर बस ए ३२० विमानमा ५६ जना यात्रु, चालक दलका ६ जना र एक जना सुरक्षा
अधिकारी थिए ।
१५ चैत्र सोमबार
२०७२
राष्ट्रिय
प्रजातन्त्र पार्टि रामेछापले गाउँ तथा नगर कमिटि तत्काल गठन गर्ने निर्णय गरेको छ
। आईतबार जिल्ला अध्यक्ष आङ ङिमा शेर्पाको
अध्यक्षतामा सदरमुकाम मन्थलीमा बसको जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो
।
गाउँ स्थरमा संगठन विस्थार गर्नका लागी जिल्ला स्थरिय नेताहरुलाई जिम्मेवारी
समेत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टि रामेछापका सचिव शिवजी घिमिरेले जानकारी
दिनुभयो । यसैगरि राप्रपा नेपाल संग पार्टि एकिकरण गर्नका लागी जिल्ला स्थरबाट
एकिकरण अभियान थाल्न पहल गर्ने निर्णय गरिएको सचिव घिमिरेले जानकारी दिनुभयो ।
१५ चैत्र सोमबार २०७२
आगामी शैक्षिक सत्र २०७३÷७४ मा पनि
रामेछापका सरकरी विद्यालयका वालावालिकाहरुले समयमै पाठय्पुस्तक नपाउने भएका छन ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ जिल्ला शाखा रामेछाको आईतबार मन्थलीमा बसेको बैठकले यसअघि शैक्षिक सत्र २०७१
÷७२ का लागि जनक
शिक्षा सामाग्री केन्द्र लिमिटेड द्धारा खरिद गरिएका सरकारी पाठ्यपुस्तकहरुको
ढुवानी बापत पाउनु पर्ने थप कमिशन रामेछाप जिल्लाका अधिकास विक्रेताहरुले हाल सम्म
पनि नपाएकोले सो कमिशन नपाएसम्म जिल्लाका
कुनै ब्यवसायिहरुले पनि पाठयपुस्तक जिल्लामा नल्याउने निर्णय गरेका कारण
वालवालिकाहरुले समयमै पाठ्यपुस्तक नपाउने भएका हुन् ।यसैविच महासंघले गरेको निर्णय
बुझाउन जिल्ला शिक्षा कार्यालय रामेछाप पुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि
महासंघको टोलीलाई जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बेलैमा पाठ्य पुस्तक
जिल्लामा ल्याएर विद्यालयका
वालवालिकाहरुलाई उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । तर पुस्तक ब्यवसायिहरुले
भने हरेक वर्ष सेट संख्यामा जनक शिक्षा सामाग्री लिमिटेडले पुस्तक उपलब्ध
नगराउने गरेको कारण र ढुवानी कमिशन नपाएका कारण दुबै समस्या समाधान नभएसम्म
पाठ्यपुस्तक जिल्लामा नल्याउने अडान लिएका छन ।
१५ चैत्र सोमबार २०७२
एकिकृत नेकपा माओवादिका
सांसद श्याम कुमार श्रेष्ठ (कुसल)ले आदिवासि जनजातिको उत्थानको निम्ती आफ्नो पाटि
प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाँले नयाँ संविधानमा नागरिक अधिकारको निमित्त
विभिन्न बलिदानका कुरा उल्लेख भएकाले सबैको अधिकार समाबेस भएको दाबि गर्नुभयो ।
रामेछापको सदरमुकाम मन्थलिमा आदिवासि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनि अधिकारमा
आधारित प्रशिक्षण तथा साक्षर कार्यक्रमको
उद्घाटन समारोहलाई आईतबार सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि
, जनजाति समुदाय विभिन्न व्यक्तित्वहरु , विभिन्न संघ
संस्थाका प्रतिनिधि ,पत्रकार लगायतको
उपस्थिति रहेको थियो ।।
१४ चैत्र आईतबार २०७२
रामेछापको सदरमुकाम मन्थलीमा
युवाहरुकालागि कृषि उद्यमसिल तालिम शनिबार सम्पन्न भएको छ । फोर. एच .नेपाल र वाइ.
एस. पि. नेपालको आयोजना एवमं यू. एस.ए .आइ .डि को सहयोगमा सो तालिम भएका हो ।
शान्ति र विकासका लागि साझेदारी नेपाल वाइ. एस. पि नेपालका अध्यक्ष हिमाल महतको
अध्यक्षतामा सम्पन्न सो तालिमको समापन का अवसरमा फोर. एच .का अध्यक्ष लोकराज
अवस्थी, कोषाध्यक्ष अस्मिता खड्का,
प्रशिक्षक दिगम्वर चौधरी, लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
तालिममा २० जनाको सहभागिता रहेको थियो ।
यस्तै रामेछाप जिल्लाको टोकरपुरगाविसमा पनि गाविस स्तरिय विपद जोखिम न्युनिकरण
तथा जलवायु परिवर्तन सम्बन्धि ३ दिने प्रारम्भीक तालिम शनिबार सम्पन्न भएको छ
।पाहाडि समाज केन्द्र को आयोजनामा सबल
सामुदायिक समउत्थान का लागि दिगो विकास कार्यक्रम अन्तरगत तालिम भएको हो । भोला पाठकको संयोजकत्वमा भएको तालिममा वडा
नागरिक मञ्चका पदाधिकारि , नागरिक सचेतना
केन्द्रका प्रतिनिधि , गैर सरकारि
संथाका प्रतिनिध लागायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण भने पहाडि
समाज कल्याण केन्द्रका प्रशिक्षक थिर
बहादुर थापाले गर्नुभएको टोकरपुर बाट
कविता पहरिले जानकारि दिनुभएको छ ।
१४ चैत्र आईतबार
२०७२
नेपाली काग्रेसका सांसद शिब बहादुर खड्का सम्मानित हुनु भएको छ । जेष्ठ नागरिक
संघ रामेछापले उहाँलाई आफ्नो प्रथम बार्षिक साधारण सभाको अवसर पारेर शनिबार जेष्ठ नागरीक हरुको हक हितमा उल्लेख्य
योगदान गरेको भन्दै सम्मानित गरेको हो । कार्यक्रमका अवसरमा ज्येष्ठ नागरिक संघ
रामेछापका अध्यक्ष नारायण दाश श्रेष्ठले सांसद खड्कालाई दोसल्ला र प्रशंसा पत्र
दिएर सम्मान गर्नु भएको हो ।सो अबसरमा उहा लगाएत ८४ बसन्त उमेर पार गरेका ४० जना
जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा रामेछापका जेष्ठनागरीकहरुले सरकाले जारी गरेको
ऐन अनुसार सेवा सुबिधा नापाएको गुनासो
समेत सरोकारवालाहरुले गरेका थिए । सरकारले जेष्ठ नागरिक ऐन २०६३ सालमै ल्याएको
भएपनि सो ऐन लागु नभएकोमा उनीहरुले दुःख प्रकट गरेका थिए । कार्यक्रममा नेपाली
काग्रेसका झप्पड राज भण्डारी, राप्रपा नेपालका
मणिराज तमाङ,राप्रपाका
रामचन्द्र कडेल, महिला विकास
अधिकृत शुशिला वाग्ले, नेपाल पत्रकार
महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, जिल्ला ज्येष्ठ नागरिक संघ सिन्धुलीका अध्यक्ष देवी प्रसाद देवकोटा लगाएतले
बोल्नुभएको थियो।
१४ चैत्र आईतबार २०७२
भुकम्प र नाकाबन्दिका कारण सुस्त भएको रामेछाप मन्थली— गाल्पा—चौरी खोला सडक
खण्डको काम तिब्र रुपमा हुन थालेको छ ।नाकाबन्दिका कारण समान ढुवानी हुन नसकेका कारण सुस्ताएको काम नाकाबन्दि खुले
सँगै तिब्र रुपमा हुन लागेको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख बिजयमुनी
वज्राचार्यले बताउनुभयो । सो सडक खण्ड
अन्तर्गत ८५ वटा उप समुह निर्माण गरि गाल्पा देखि मानपुर, गुरास,े लखपुर हुँदै
चौरी खोला सम्म हजारौको संख्यामा रहेका कामदारहरुले काम गरिरहेका छन । स्थानीय सडक
सुधार कार्यक्रम (लिरीप) अन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडक खण्डमा समान कामका
लागि समान ज्याला पाउने भएपछि महिला र पुरुष बराबरी संख्यामा काममा जुटेको
स्थानियहरुको भनाई छ ।
११ चैत्र बिहिबार
२०७२
अखिल नेपाल शिक्षक संगठन
रामेछापले बर्तमान शिक्षाका अबस्था र आगामी शिक्षा निति विषयक अन्तरकृया कार्यक्रम
बुधबार मन्थलीमा सम्पन्न गरेको छ ।संगठनका अध्यक्ष रामेश्वर प्रसाद ढुंगेलको
अध्यक्षता एबं केन्द्रिय अध्यक्ष लालबहादुर वि सीको प्रमुख आतिथ्यतामा कार्यक्रम
सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष विसीले संघिय गणतन्त्र नेपालको
शिक्षा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका अवसरमा जिल्ला शिक्षा
अधिकारी खुविराम अधिकारी,
नेपाल पत्रकार
महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, शिक्षक संघका सचिब बुद्धिराज फुयाल, शिक्षक संगठनकी
उपाध्यक्ष प्रमिला सापकोटा,
शिक्षिका सुनिता
गोले लगाएतले मन्तब्य राख्नु भयएको थियो ।
११ चैत्र बिहिबार २०७२
भुकम्प प्रभावित आवास
पूर्ननिर्माण लगत संकलन कार्यक्रम रामेछापले बुधबार सम्म सम्ममा ३३ हजार ९ सय ६५
घर परिवारको पून ः सर्वेक्षण गरेको छ । जस मध्य २२ हजार २ सय २ वटा घरहरु अपलोड
भएको ईन्टर लुकुटर अधिकृत सूरेन्द्र रावलले
बताउनुभयो ।
उहाँका अनुसार अहिले सम्म सर्वेक्षण जारी छ । सरकारले नक्कली भुकम्प
पिडितको संख्या बढेको भन्दै भुकम्प अतिप्रभावित सबै जिल्लामा पुन ः सर्वेक्षण थाले
सँगै रामेछापमा पनि यो अभियान संचालन भएको हो । रामेछापमा प्रारम्भिक तथ्याङमा २६
हजार सात सय घरहरु क्षति भएको तथ्याङ आएको भए पनि पछिल्लो तथ्याङकमा बढेर ५२ हजार
पुगेको थियो । भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत अध्ययन गर्दा देशभरमा करिब ५ लाख
घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा पछि त्यो बढेर ७ लाख ७० हजार पुगेको थियो
।
,
११ चैत्र बिहिबार २०७२
राष्ट्रिय युवा परिषदका
कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले आफ्नो कार्यकालमा १ युवा समुह वरावर
१ नमुना उद्योग सञ्चालन गर्न चाहेको बताउनुभएको छ ।रामेछापको सदरमुकाम
मन्थलीमा शान्ति र विकासका लागि साझेदारी नेपालले बुधबार गरेको भुकम्प पश्चातको
पुन निर्माणमा युवाहरुको भुमिका विषय अन्तरक्रिया एबं स्वागत कार्यक्रमका अवसरमा
उहाँले यस्तो बताउनु भएको हो ।
उहाले साउन देखि विकास निर्माणका कामहरु सूरु
हुनुपर्नेमा योजनाको चरण सुरु हुने र त्यका लागि ठुला ठुला होटलहरुमा बैठक तालिम र
गोष्ठीमा अत्याधिक खर्च हुने गरेको तर त्यसको परिणाम भने सून्य रहेको पनि बताउनु
भयो । संस्थाका अध्यक्ष हिमाल महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल
, पत्रकार बद्रि
नयाँघरे , गैसस महासंघका
अध्यक्ष मिलन घिसिङ लगाएतले युवा लक्षित
कार्यक्रमहरु प्रभावकारी डढंगवाट गर्न आ आफना सुझाव दिनुभएको थियो ।
१० चैत बुधबार २०७२
मार्टिन गुप्टिलको शानदार ब्याटिङको मद्दतले न्युजिल्याण्ड भारतमा चलिरहेको
आइसिसी ट्वेन्ट–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्ने पहिलो टिम बनेको छ । मंगलबार
भएको खेलमा पाकिस्तानलाई २२ रनले हराउँदा गुप्टिलले ८० रनको योगदान दिए । उनले ४८
बलमा १० चौका र तीन छक्काको मद्दतमा ८० रन बनाएका हुन् ।
उनी ट्वेन्टी
–ट्वेन्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन
बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् । सन् २००९ देखि अहिलेसम्म गुप्टिलले
६० खेलका ५८ पारीमा एक हजार सात सय ९१ रन बनाएका छन् । उनी श्रीलंकाका तिलकरत्ने
दिलशान र न्युजिल्याण्डका ब्रेण्डम म्याकुलम भन्दा पछि छन् ।पहिलो नम्बरमा रहेका म्याकुलमले सन् २००५
देखि २०१५ सम्ममा ७१ खेलका ७० पारीमा दुई हजार एक सय ४० तथा दोस्रो नम्बरमा रहेका
दिलशानले सन् २००६ देखि अहिलेसम्म ७६ खेलका ७५ पारीमा गरी एक हजार ८ सय ४६ रन
बनाएका छन् । गुप्टिलले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक शतक तथा १०
अर्धशतक बनाएका छन् । उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक सय ६६ चौका र
७६ छक्का प्रहार गरेका छन् । गुप्टिल अहिलेसम्म दुई पटक शून्य रनमा आउट भएका छन् ।
१० चेत्र बुधबार
२०७२
पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको
ज्यान गएको छ । दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त
रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ ।
स्थानीयस्तरमा
बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय
अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा
अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ
। पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ । हिन्दुसहितका
अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर
पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन् ।पाकिस्तानमा विषाक्त रक्सीका
कारण ज्यान जाने गरेका घटना यसअघि हुने गरेका थिए । सन् २०१४ मा केही दिन भित्रै
विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो ।
१० चेत्र बुधबार २०७२
विश्व मौसम दिवस बुधबार
विभिन्न कार्यक्रम मनाईंदैछ । पानी दिवस पनि सँगै मनाइदैछ । दिवसका अवसरमा बुधबार
जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत
सचेतनामूलक कार्यक्रम हुँदैछन् । बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि
र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि
अपनाउन सकिने उपायका बारेमा विशेष यस वर्षको दिवस केन्द्रित छ । विश्व मौसम संगठन
सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा
मौसम दिवस मनाउने गरिन्छ । विश्व पानी दिवस हिजो भएपनि बुधबारै एक दिन मनाउन
लागिएको छ । दिवसमा ‘पानी र आजीविका’ ‘गर्मी खडेरी र
झरी ः सामना गर्ने गरौँ तयारी’ भन्ने मूल नारा तय गरिएको छ ।यसैबिचै काठमाडौंमा बुधबार
बालिका सम्मेलन हुँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुन लागेको
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । सोल्टी
होटेलमा हुने कार्यक्रमको उद्घाटन बिहान १० हुने प्रवक्ता नारायणप्रसाद काफ्लेले
जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणका लागि भएका कानुनी प्रावधान र त्यसको
कार्यान्वयन लगायतका विषयमा छलफल सम्मेलनमा गरिने मन्त्रालयका सहसचिव डा किरण
रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा बालबालिका, किशोरकिशोरी, युवा, समुदायका अगुवा, धार्मिक अगुवा, सरकारी तथा
अन्तराष्ट्रिय स्तरका व्यक्ति, विज्ञ तथा लैङ्गिक समानता, बालबालिका तथा किशोरकिशोरीको अधिकार र
सशक्तीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको सहभागिता रहने छ ।
१० चेत्र बुधबार २०७२
बुधबार तराइका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइदैछ ।
रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले
साथीसङ्गी, आफन्तहरु जम्मा
भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट
तराइमा होली पर्व मनाउने गरिन्छ । जनपुरमा भने बिहिबार मात्रै होली मनाउने तयारी
भइरहेको छ । दैत्यराज हिरण्य कश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना
पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी
बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म
भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको
उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । सरकारले मंगलबार होली मनाइने
५४ जिल्लामा र बुधबार तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको छ । होलीको अवसरमा
सरकारले तराईका जिल्लामा बुधबार सार्वजनिक बिदा दिएको छ ।
७ चैत आईतबार २०७२
इजिप्टमा बिद्रोही संगठन
इस्लामिक स्टेट आइएसको आक्रमणमा परि १३ जना प्रहरीको मृत्यु भएको छ । इजिप्टको द्वन्द्वग्रस्त
सिनाई प्रायदिपमा आइएसले गरेको मोटार आक्रमणमा परि प्रहरीको मृत्यु भएको वीवीसीले
जनाएको छ ।
सिनाईको एल
–एरिश शहरमा रहेको प्रहरी चेकपोष्टमा आइएसले मोटार आक्रमण
गरेको हो । आक्रमण लगतै आइएसले जिम्मेवारी लिएको थियो । आक्रमणपछि सुरक्षाकर्मीले
शहरमा आवतजावत बन्द गरेका छन् । सन् २०१३ मा मोहम्मद मोर्सी सत्ताच्युत भएपछि
सिनाईमा आइएस तथा अरु समूहको आक्रमणमा परि सयौं सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।
७ चैत आईतबार २०७२
नेपाल भ्रमणमा
रहेका बेलायती राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार
भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा
आईतबार भएको भेटवार्तामा
नेपाल बेलायतबिचको सम्बन्धको बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ
।राष्ट्रपति विद्यादेवी भण्डारीले राकुमार ह्यारीले यो हप्ता हुने बालिका
सम्मेलनको अवलोक गर्न लागेको प्रति खुसी पनि व्यक्त गर्नुभयो । नेपाल भ्रमणका
क्रममा शनिबार काठमाडौं आउनुभएको राजकुमार ह्यारीले शिनबार नै प्रधानमन्त्री केपी
ओलीलाई भेट्नुभएको थियो ।
७ चैत्र आईतबार २०७२
रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले
रामेछापको सञ्चार क्षेत्रको बिकाशमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त
गर्नुभयो गर्नुभएको छ ।
रामेछापबाट प्रकाशित मालश्री साप्ताहिकले आयोजना गरेको दुई
दिने आधारभुत पत्रकारिता तालिमको सदरमुकाम मन्थलीमा शनिबार भएको समापन कार्यक्रममा
उहाँले यस्तो बताउनुभएको हो । सबै सूचनाबाट कोहि पनि टाढा हुन नहुने मान्यता
राख्नुहुने प्रमुख जिल्लाअधिकारी पौडेलले रामेछापमा सबै सेक्टरबाट सहयोग गरेरे
सकेसम्म नागरिकहरुमा महत्वपुर्ण सूचना पु
¥याउन आफु कटिबद्ध रहेको बताउनुभयो । ५५ जना प्रशिक्षार्थी
सहभागी तालिममा सञ्चारकर्मीहरु ओम भण्डारी, नारायण अमृत र माधब बस्नेतले पत्रकारिताका बिभिन्न बिषयमा
प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा
स्थानिय बिकास अधिकारी दिनेशराज पन्त ,प्रहरि प्रमुख मोहन कुमार परियार,प्राध्यापक पेसल
आचार्य लगाएतले मँन्तब्य राख्नुभएको थियो । सहभागी प्रशिक्षार्थीलाई
प्रमाणपत्रसमेत वितरण गरिएको छ ।
४
चैत्र बिहिबार २०७२
रामेछाप जिल्लाको पश्चिमी गाविस लखनपुरमा
बुधबारबाट शुरु भएको २ दिने शिबिरबाट स्थानियहरुले अत्याअवश्यक बिभिन्न सरकारी
सेवा सुविधाहरु पाएका छन् । जनताहरुलाई उनिहरुको घर दैलोमै गएर जिल्ला प्रसासन
कार्यालय ,जिल्ला निर्बाचन कार्यालय,महिला तथा बालबालीका कार्यालय ,नेपाल टेलिकम ,जिल्ला पसुसेवा कार्यालय,कृषि कार्याय ,जिल्ला आयुर्वेद ,शहरि बिकाश तथा भवन निर्माण ,खानेपानी जनस्वास्थ्य लगाएका
कार्यालयहरुले महत्वपुर्ण सेवासुबिधा दिने उदेश्यले सो शिबिर सञ्चालन गरिएको हो
।रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल सहित सबै कार्यालयबाट शिबिरका
लागी लखनपुर जानुभएको छ । पहिलोदिनको शिबिरबाट २ सय २० जनाले नेपाली नागरिकता,२२ जनाले अपाङ्गगता परिचय पत्र लिएका
छन् । त्यस्तै २ सय ६५ जना कृषकहरुले पसुपंछिको उपचार तथा औषधि लिएको ,५ सय ८४ जनाले कृषि सम्बन्धी सेवा र ३
सय ७२ जनाले आयुर्वेदिक सेवा लिएको बताईएको छ ।
३० फागुण आईतबार २०७२
रामेछाप सदरमुकाम
मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ दिने सहकारी अध्ययन
भ्रमण गरेको छ । सहकारीको साधारणसभाबाट
गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित
३२ जनाको टोली सहकारी भ्रमणमा निस्किएको थियो ।सहकारी अवलोकनको क्रममा चितवन
जिल्लाको कृषक उपहार साकोस माडि, अन्नपूर्ण दुग्घ उत्पादक सहकारी संस्था लिमिटेड गीतानगर, नवलपरासी
गैडाँकोटको विकु साकोस, किसान साकोस र
मकवानपूर जिल्लाको हेटौडा उपमहानगरपालीकाको महिला मिलन साकोससँग अन्तक्र्रिया समेत
गरेको छ ।
अन्तक्र्रियाको क्रममा अवलोकन गर्न पुगेका विभिन्न सहकारी संस्थालाई
नवजागरण साकोसको सुरुवात देखी अहिलेसम्मको अवस्थाको बारेमा संस्थाका उपाध्यक्ष
दीपककुमार क्षेत्री
, कोषाध्यक्ष
जगन्नाथ दाहाल र व्यवस्थापक रमेशकुमार उदाशले जानकारी गराउनुभएको थियो । उहाँहरले भ्रमण टोलीको
तर्फबाट सोधिएका प्रश्न तथा जिज्ञासालाइ सम्वोधन गर्नुको साथै सहकारीले संचालन
गरिरहेका विभिन्न बचत तथा ऋण कारोवारको किसिम, शेयर सदस्य तथा संस्थाका कर्मचारीलाई सन्तुष्ट बनाउदै
संस्थामा कसरी दिगो रुपमा सामाजिक उत्तरदायित्व बनाउन सकिन्छ लगाएतका विषयबस्तुलाई
स्पष्ट बनाएका थिए ।यस्तै भ्रमण टोलीले चितवन स्थित अयोध्यापुरी मध्यवर्ती
सामुदायिक होमस्टे माडि, कालीगण्डकि र
त्रिशुली नदीको संगम स्थल देवघाट, नवलपरासि गैडाकोटको मौलाकालिका मन्दीर, मकवानपूर
हेटौडाको शहिद स्मारक पार्क लगाएतका धार्मीक तथा पर्यटकिय स्थलको अवलोकन गरेको छ ।
संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्य जिल्लाको सहकारीको अध्ययन अवलोकन गरि बचत तथा
ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका कोषाध्यक्ष दाहालले
बताउनुभयो । उहाँले सहकारीको अध्ययन अवलोकनले क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास
हुने र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास व्यक्त
गर्नुभयो । भ्रमण टोली फाल्गुण २५ मंगलबारबाट सहकारी अध्ययन भ्रमणमा निस्किएको थियो ।
३० फागुण आईतबार २०७२
नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदको
मतगणना आईतबार चौथो दिन पनि जारी रहने भएको छ ।
हिजो साँझसम्म १५ सय मतगणना भइसकेको छ
भने अझै आधाभन्दा बढी मत गन्न बाँकी नै छ । शनिबार साँझसम्मको गनिएको मत परिणामममा
सबैभन्दा अगाडि खुमबहादुर खड्का रहनुभएको छ । उहाँले ८ सय ९८ मत प्राप्त गर्नुभएको
छ । केन्द्रीय निर्वाचन समितिका अनुसार डा शेखर कोइराला ८ सय ८५
, प्रकाशमान सिंह ८
सय ८०, रमेश लेखक ८ सय
५१, पूर्णबहादुर
खड्का ८ सय ४६ र केवी गुरुङले ८ सय ४१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।
त्यसैगरी, प्रदीप गिरी ८ सय
३९, प्रदीप पौडेल ८सय
३७, बालकृष्ण खाँण
८सय ३५, विमलेन्द्र निधि
८सय ३३, धनराज गुरुङ ८सय
२४, महेश आचार्य
८सय१५, डा रामशरण महत
७सय ८६, बलबहादुर केसी
७सय ८५, विश्वप्रकाश
शर्मा ७सय ७१, सुजाता कोइराला
७सय ६६, शङ्कर भण्डारी
७सय ४९, प्रकाशशरण महत
७सय ४०, एनपी साउद ७सय ३०
र गोपालमान श्रेष्ठले ७सय ३० मत प्राप्त गर्नुभएको छ भने चन्द्र भण्डारीले ७सय २१, डा मीनेन्द्र
रिजाल ७सय१३, ज्ञानेन्द्रबहादुर
कार्की ७सय१३ मतका साथ २५ जना भित्रमा पर्नुभएको छ ।
महाधिवेशनमा कुल तीन हजार १ सय ४८ मत खसेकाले मतगणना आईतबार बेलुका अथवा सोमबार बिहानसम्म गनिसक्ने निर्वाचन समितिको भनाइ छ । यसैगरी निर्वाचन
समितिका अनुसार प्रदेशतर्फको मतगणना पनि जारी रहनेछ । यसअघि हिजोसम्म आरक्षणतर्फ
महिला, दलित, जनजाति, मधेसीतर्फको
परिणाम आइसकेको छ । मतपरिणामसम्म सभापति देउवा पक्षकै अग्रता रहेको छ ।
३० फागुण आईतबार २०७२
रामेछापको खिम्ती वडा ७ मा रहेको श्री माध्यमिक विद्यालयले
शनिबार ४१ औँ जन्म जयन्ती मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम
कुमार श्रेष्ठको अध्यक्ष्यता भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी सिव प्रसाद
न्यौपाने रहनुभएको थियो । कार्यक्रममा विद्यालयको
भवन निर्माणमा पहल गरिदिन राजनितिक
दल हरलाई स्थानियहरुले आग्रह गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानध्यापक
गोपाल प्रसाद सिवाकोटिले विद्यालयको आर्थिक र भौतिक विवरण प्रस्तुत गर्नुभएको थियो
। सो अवसरमा एस एल सी तयारमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई सम्मान पनि
गरिएको थियो ।
२६ फागुण बुधबार २०७२
हिमाली आदिवासी शेर्पा
समुदायले आज चाड ग्याल्पो ल्होसार मनाउँदैछन् । ल्होसारका राष्ट्रपति विद्यादेवी
भण्डारीले शुभकामना सन्देश जारी गर्दै शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘‘ग्याल्पो ल्होसार’का अवसरमा स्वदेश
तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति
भण्डारीले आफ्नो शुभकामना सन्देशमा विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान
कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै
नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र
सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।
विविधताले
भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति
, भाषा, वेशभूषा र
परम्परा आफैँमा मौलिक, सु–संस्कृत, सम्पन्न र समृद्ध
रहेको राष्ट्रपतिको शुभकामनामा उल्लेख छ ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले
हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार–२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको
मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री
ओलीले शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला
प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र
घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।‘
चाडपर्वले
सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक
र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति
मान्ने समुदायलाई आ–आफ्ना मौलिक
परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्दछन्,’ सन्देशमा
प्रधानमन्त्रीले भन्नुभएको छ ।