१ युवा समुह वरावर १ नमुना उद्योग संञ्चालन गर्ने ः युवा परिषदका अध्यक्ष ढुंगेल।।

११ चैत्र बिहिबार २०७२

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले आफ्नो कार्यकालमा १ युवा समुह  वरावर  १ नमुना उद्योग  सञ्चालन  गर्न चाहेको बताउनुभएको छ ।रामेछापको सदरमुकाम मन्थलीमा शान्ति र विकासका लागि साझेदारी नेपालले बुधबार गरेको भुकम्प पश्चातको पुन निर्माणमा युवाहरुको भुमिका विषय अन्तरक्रिया एबं स्वागत कार्यक्रमका अवसरमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाले साउन देखि विकास निर्माणका कामहरु सूरु हुनुपर्नेमा योजनाको चरण सुरु हुने र त्यका लागि ठुला ठुला होटलहरुमा बैठक तालिम र गोष्ठीमा अत्याधिक खर्च हुने गरेको तर त्यसको परिणाम भने सून्य रहेको पनि बताउनु भयो । संस्थाका अध्यक्ष हिमाल महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार बद्रि नयाँघरे , गैसस महासंघका अध्यक्ष मिलन घिसिङ लगाएतले  युवा लक्षित कार्यक्रमहरु प्रभावकारी डढंगवाट गर्न आ आफना सुझाव दिनुभएको  थियो ।

0 Response to "१ युवा समुह वरावर १ नमुना उद्योग संञ्चालन गर्ने ः युवा परिषदका अध्यक्ष ढुंगेल।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ