रामेछापको लखनपुरमा २ दिने शिबिर बुधबारबाट सुरु ।।

४ चैत्र बिहिबार २०७२

रामेछाप जिल्लाको पश्चिमी गाविस लखनपुरमा बुधबारबाट शुरु भएको २ दिने शिबिरबाट स्थानियहरुले अत्याअवश्यक बिभिन्न सरकारी सेवा सुविधाहरु पाएका छन् । जनताहरुलाई उनिहरुको घर दैलोमै गएर जिल्ला प्रसासन कार्यालय ,जिल्ला निर्बाचन कार्यालय,महिला तथा बालबालीका कार्यालय ,नेपाल टेलिकम ,जिल्ला पसुसेवा कार्यालय,कृषि कार्याय ,जिल्ला आयुर्वेद ,शहरि बिकाश तथा भवन निर्माण ,खानेपानी जनस्वास्थ्य लगाएका कार्यालयहरुले महत्वपुर्ण सेवासुबिधा दिने उदेश्यले सो शिबिर सञ्चालन गरिएको हो ।रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल सहित सबै कार्यालयबाट शिबिरका लागी लखनपुर जानुभएको छ । पहिलोदिनको शिबिरबाट २ सय २० जनाले नेपाली नागरिकता,२२ जनाले अपाङ्गगता परिचय पत्र लिएका छन् । त्यस्तै २ सय ६५ जना कृषकहरुले पसुपंछिको उपचार तथा औषधि लिएको ,५ सय ८४ जनाले कृषि सम्बन्धी सेवा र ३ सय ७२ जनाले आयुर्वेदिक सेवा लिएको बताईएको छ ।

0 Response to "रामेछापको लखनपुरमा २ दिने शिबिर बुधबारबाट सुरु ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ