कांग्रेसको १३ औं महाधिवेशन आजदेखि सुरु हुदै, सभापतिमा ५ जनाले प्रतिस्पर्धा गर्दै।।।।
२० फागुन बिहिबार २०७२
नेपाली
कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो १ बजे
खुलामञ्चमा पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्नुहुने
बताईएको छ ।‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र
निर्माण अब हाम्रो अभियान’
भन्ने मूल नाराका
साथ सुरु हुन लागेको महाधिवेशन चार दिनसम्म चल्नेछ । झण्डै सात दशक लामो
प्रजातान्त्रिक यात्रा तय गरेको कांग्रेसले साढे १ वर्ष ढिलो महाधिवेशन गर्न
लागेको हो ।महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै
राजनीतिक दल र संसद बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि
निमन्त्रणा गरेको छ ।उद्घाटन कार्यक्रममा भाग लिन बिभिन्न देशका प्रतिनिधि पनि
काठमाडौं आइसकेका छन् । महाधिवेशनले आउँदो चार वर्षका लागि नयाँ नेतृत्व चयनका
साथै पार्टीको नीति तथा कार्यक्रम पनि टुंगो लगाउनेछ ।महाधिवेशनको बन्दसत्र
शुक्रबारदेखि भुकृटीमण्डपमा सुरु हुने र नीति तथा कार्यक्रम पनि पेश हुने
कांग्रेसले जनाएको छ । उद्घाटनका लागि मञ्च ब्यवस्थापन, भोजन, अतिथि सत्कार, प्रचारप्रसार
लगायतका काम सकिएको कांग्रेसले जनाएको छ ।
काठमाडौंका ठाउँठाउँमा
स्वागतद्वार बनाइएको छ । काँग्रेसका झण्डा फहराइएको छ । यसपटक सँधैजस्तो
प्रचारप्रसारमा पर्चा पम्प्लेट प्रयोग नगर्ने निर्णय भएको कांग्रेसको प्रचार
विभागले जनाएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी
पर्ने भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता
कोइरालाले बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ ।
बरिष्ठ नेता शेरबहादुर देउवाले
बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ
।
उहाँले अर्जुन नरसिंह केसीलाई महामन्त्री र चित्रलेखा यादवलाई कोषाध्यक्ष सहित
प्यानल घोषणाको तयारी गर्नुभएको हो । यस्तै नेता कुलबहादुर गुरुङले पनि सभापतिमा
उम्मेदवारी दिने हुनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सभापतिका आकांक्षी
पौडेल, सिटौला, सुजाता, देउवा र गुरुङ
पाँचैजनाले उम्मेदवारी मनोयनपत्र लगिसकेका छन् ।
केन्द्रीय निर्वाचन समितिले
बिहीबार बिहान ८ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न
सकिने जनाएको छ ।
आउँदो २३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नेतृत्वको
लागि मतदान हुने कार्यक्रम छ । कांग्रेसमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने
व्यवस्था छ ।यसमध्ये खुलाबाट २५, सात प्रदेशबाट दुई दुई गरी १४, महिलाबाट ६, दलित, आदिवासी जनजाति र
मधेसीबाट ५÷५ तथा मुस्लिमबाट
एकजना केन्द्रीय सदस्य चुनिनेछन् ।



0 Response to "कांग्रेसको १३ औं महाधिवेशन आजदेखि सुरु हुदै, सभापतिमा ५ जनाले प्रतिस्पर्धा गर्दै।।।।"
Post a Comment