बुधबार तराइमा होली पर्व मनाईंदै ।।

१० चेत्र बुधबार २०७२

बुधबार तराइका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । जनपुरमा भने बिहिबार मात्रै होली मनाउने तयारी भइरहेको छ । दैत्यराज हिरण्य कश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । सरकारले मंगलबार होली मनाइने ५४ जिल्लामा र बुधबार तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको छ । होलीको अवसरमा सरकारले तराईका जिल्लामा बुधबार सार्वजनिक बिदा दिएको छ ।

0 Response to "बुधबार तराइमा होली पर्व मनाईंदै ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ