ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनाएको उत्तर कोरियाको दाबि ।।।
२६ फागुण बुधबार २०७२
उत्तर कोरियाका
सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान
गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गर्नुभएको छ । उत्तर
कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने
सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बनाएको थियो ।
तर यस विषयमा
सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो । विश्व समुदायबाट अलग रहँदै आएको
उत्तर कोरियाले गएको जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो ।
तर विशेषज्ञ भने यो दाबीको विश्वशनियतामा विवादित छन् । उत्तर कोरियाको परमाणु
कार्यक्रमका विषयमा विवाद रहँदै आएको छ ।अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य
अभ्यास गरेपछि उत्तरले दुई दिनअघि मात्रै अमेरिका र दक्षिण कोरियामा अन्धाधुन्ध
परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो ।पछिल्लो समय उत्तरले बढाउँदै लगेको
परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले गएको हप्ता उसमाथिको
प्रतिबन्ध थप कडा पारेको थियो । तर त्यसका बाबजुद पनि उत्तर कोरियाले आफ्नो परमाणु
कार्यक्रम रोकेको छैन । यसले गर्दा कोरिया प्रायदिपमा तनाव बढ्दै गएको छ ।
0 Response to "ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनाएको उत्तर कोरियाको दाबि ।।।"
Post a Comment