रामेछापको सदरमुकाम मन्थलीमा युवाहरुकालागि कृषि उद्यमसिल तालिम सम्पन्न ।।

१४ चैत्र आईतबार २०७२
रामेछापको सदरमुकाम  मन्थलीमा युवाहरुकालागि कृषि उद्यमसिल  तालिम  शनिबार सम्पन्न भएको छ । फोर. एच .नेपाल र वाइ. एस. पि. नेपालको आयोजना एवमं यू. एस.ए .आइ .डि को सहयोगमा सो तालिम भएका हो । शान्ति र विकासका लागि साझेदारी नेपाल वाइ. एस. पि नेपालका अध्यक्ष हिमाल महतको अध्यक्षतामा सम्पन्न सो तालिमको समापन का अवसरमा फोर. एच .का अध्यक्ष लोकराज अवस्थी, कोषाध्यक्ष अस्मिता खड्का, प्रशिक्षक दिगम्वर चौधरी, लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । तालिममा २० जनाको सहभागिता रहेको थियो ।

यस्तै रामेछाप जिल्लाको टोकरपुरगाविसमा पनि गाविस स्तरिय विपद जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन सम्बन्धि ३ दिने प्रारम्भीक तालिम शनिबार सम्पन्न भएको छ ।पाहाडि समाज केन्द्र को  आयोजनामा सबल सामुदायिक समउत्थान का लागि दिगो विकास कार्यक्रम अन्तरगत तालिम भएको हो ।  भोला पाठकको संयोजकत्वमा भएको तालिममा वडा नागरिक मञ्चका पदाधिकारि , नागरिक सचेतना केन्द्रका प्रतिनिधि , गैर सरकारि संथाका प्रतिनिध लागायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण भने पहाडि समाज कल्याण  केन्द्रका प्रशिक्षक थिर बहादुर थापाले गर्नुभएको  टोकरपुर बाट कविता पहरिले जानकारि दिनुभएको छ ।

0 Response to "रामेछापको सदरमुकाम मन्थलीमा युवाहरुकालागि कृषि उद्यमसिल तालिम सम्पन्न ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ