रियल मड्रिड विजयी : रोनाल्डो, इस्को र मारिनोले गरे गोल

२० फागुन बिहिबार २०७२

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले पुछारको लेभान्टेलाई ३१ ले हराएको हो । ३४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । ३८ औं मिनेटमा मारिनोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि ब्रुम सिल्भा एकोस्टाले लेभान्टेका लागि एक गोल फर्काए । पहिलो हाफमा २१ को अग्रता लिएको रियलका लागि इन्जुरी समयमा इस्कोलो गोल गर्दै ३१ को जित दिलाए ।
जितपछि तेस्रो स्थानको रियल मड्रिडको २७ खेलबाट ५७ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ । एक खेल कम खेलेको बार्सिलोनाको ६६ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६१ अंक छ । पुछारको लेभान्टेको भने २७ खेलबाट मात्रै २० अंक छ । बुधबार राति नै भएका खेलमा भिल्ला रियल र सेल्टा डी भिगोले गोल रहित बराबरी खेले । ५३ अंकसहित भिल्लारियल चौंथो तथा ४२ अंक जोडेको सेल्टा छैटौं स्थानमा छन् । यस्तै अरु खेलमा एथ्लेटिको बिल्बाओले डिप्रोटिभो डी ला कोरुनालाई ४, भ्यालेन्सियाले मालागालाई २१ र सेभिल्लाले एइबरलाई १० ले हरायो ।

0 Response to "रियल मड्रिड विजयी : रोनाल्डो, इस्को र मारिनोले गरे गोल"

Post a Comment

Powered by सुदिप श्रेष्ठ