जिल्ला कृषि विकास कार्यालय रामेछापको सेवाप्रनि कृषकहरुको गुनासो ।।
२० फागुन बिहिबार २०७२
जिल्ला कृषि विकास कार्यालय रामेछापको सेवाप्रनि कृषकहरुले
गुनासो गरेका छन् । कार्यालयले कृषकको माग अनुसारको वीउविजन उपलब्ध गराउन नसकेको
भन्दै उनिहरुले गुनासो गरेका हुन् । बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह
गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक अंकपत्र अन्तर्गतको आमने—सामने बैठकमा
उनीहरुले सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ, वीउ उत्पादन
गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको वीउविजन सबै कृषक सामू पुग्न नसकेको बताएका
छन् ।
यसैबिच कृषिसम्पर्क केन्द्र
खिम्तीका प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा पुगेर सबै कृषकलाई
सेवा प्रदान नभएपनि सम्पर्कमा आउनेजतिलाई राम्रो सेवा दिएको दाबि गर्नुभयो ।
उहाँले आफुहरुलाई प्राप्त विउ विजनको
प्रकृति हेरि कृषकलाई वितरण गरेको बताउनुभयो ।प्राकृतिक स्रोत प्रबद्र्धन समाज
मन्थलीको आयोजना तथा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको
सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा लिएका खिम्ती, गेलु, फुलासी र
तिल्पुङका सेवाग्राही, स्थानीय
राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
0 Response to "जिल्ला कृषि विकास कार्यालय रामेछापको सेवाप्रनि कृषकहरुको गुनासो ।।"
Post a Comment