कांग्रेस महामन्त्रीमा शशांक निर्वाचित ।।।
२५ फागुन मंगलबार २०७२
नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइराला निर्वाचित हुनुभएको छ ।
उहाँले
अर्जुननरसिंह केसी र गगन थापालाई पराजित गर्नुभएको हो । पराजित हुने थापा र
केसी ज्वाइँ ससुरा हुनुहुन्छ ।सभापतिमा शेरवहादुर देउवा प्रत्यासी रामचन्द्र पौडेल
भन्दा ५ सय २६ मत धेरै ल्याएर विजयी भएपनि देउवाको प्यानलमा रहेका केसी
महामन्त्रीमा पराजित हुनुभयो । महामन्त्रीमा ३१ सय ४८ मत खसेको थियो । कोइराला रामचन्द्र पौडेल प्यानलको हुनुहुन्छ ।नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित डाक्टर
शशांक कोइराला कांग्रेसका संस्थापक विपी कोइरालाका कान्छा छोरा हुनुहुन्छ । आँखा
रोग विशेषज्ञ समेत रहेका कोइराला त्रिवि शिक्षण अस्पतालको जागिर छाडेर राजनीतिमा
लाग्नुभएको हो । उहाँ नवलपरासी क्षेत्र नम्बर १ बाट संसद सदस्य हुनुहुन्छ । महाधिबेशनको पूर्व सन्ध्यामा कोइरालाले
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको निर्णयमा
पुनर्विचार हुनुपर्ने धारणा राख्नु भएको थियो । जसका कारण उहाँको आलोचना
समेत भएको थियो । राजनीतिमा त्यति धेरै योगदान नगरेका र चर्चामा नआएका कोइराला
स्वच्छ छविको मानिनुहुन्छ ।
0 Response to "कांग्रेस महामन्त्रीमा शशांक निर्वाचित ।।।"
Post a Comment