आइएसको आक्रमणमा परि इजिप्टमा१३ जना प्रहरीको मृत्यु ।।
७ चैत आईतबार २०७२
इजिप्टमा बिद्रोही संगठन
इस्लामिक स्टेट आइएसको आक्रमणमा परि १३ जना प्रहरीको मृत्यु भएको छ । इजिप्टको द्वन्द्वग्रस्त
सिनाई प्रायदिपमा आइएसले गरेको मोटार आक्रमणमा परि प्रहरीको मृत्यु भएको वीवीसीले
जनाएको छ ।
सिनाईको एल–एरिश शहरमा रहेको प्रहरी चेकपोष्टमा आइएसले मोटार आक्रमण
गरेको हो । आक्रमण लगतै आइएसले जिम्मेवारी लिएको थियो । आक्रमणपछि सुरक्षाकर्मीले
शहरमा आवतजावत बन्द गरेका छन् । सन् २०१३ मा मोहम्मद मोर्सी सत्ताच्युत भएपछि
सिनाईमा आइएस तथा अरु समूहको आक्रमणमा परि सयौं सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।
0 Response to "आइएसको आक्रमणमा परि इजिप्टमा१३ जना प्रहरीको मृत्यु ।।"
Post a Comment