श्री माध्यमिक विद्यालय खिम्तीले मनायो ४१ औँ जन्म जयन्ती।।।
३० फागुण आईतबार २०७२
रामेछापको खिम्ती वडा ७ मा रहेको श्री माध्यमिक विद्यालयले
शनिबार ४१ औँ जन्म जयन्ती मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम
कुमार श्रेष्ठको अध्यक्ष्यता भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी सिव प्रसाद
न्यौपाने रहनुभएको थियो । कार्यक्रममा विद्यालयको
भवन निर्माणमा पहल गरिदिन राजनितिक
दल हरलाई स्थानियहरुले आग्रह गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानध्यापक
गोपाल प्रसाद सिवाकोटिले विद्यालयको आर्थिक र भौतिक विवरण प्रस्तुत गर्नुभएको थियो
। सो अवसरमा एस एल सी तयारमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई सम्मान पनि
गरिएको थियो ।
0 Response to "श्री माध्यमिक विद्यालय खिम्तीले मनायो ४१ औँ जन्म जयन्ती।।।"
Post a Comment