नवजागरण बचत तथा ऋण सहकारी संस्था सहकारी अध्ययन भ्रमणमा ।।।
२६ फागुण बुधबार २०७२
रामेछापको मन्थली
नगरपालिका २ मा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलबारबाट सहकारी
अध्ययन भ्रमणमा निस्किएको छ । सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका
सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३२ जनाको टोली सहकारी
भ्रमणमा निस्किएको हो ।
संस्थाका आफ्ना शेयर सदस्यलाइ अन्यजिल्लाको सहकारीको अध्ययन
अवलोकन गरि बचत तथा ऋण कारोबार नियमित गराउनका लागी भ्रमणमा लगिएको संस्थाका
कोषाध्यक्ष जगन्नाथदाहालले बताउनुभयो ।उहाँले सहकारीको अध्ययन अवलोकन पश्चात
क्षमता अभिबृद्धि हुने, नेतृत्वविकास हुने
र सहकारीको मूल्य मान्यता अनुसार सहकारी संचालनमा सहजता आउने विश्वास
व्यक्तगर्नुभयो ।सहकारी अध्ययन भ्रमणको टोलीले चितवन जिल्ला आसपासको विभिन्न
सहकारी संस्थाको अवलोकन, धार्मीक पर्यटकिय
स्थलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
0 Response to "नवजागरण बचत तथा ऋण सहकारी संस्था सहकारी अध्ययन भ्रमणमा ।।।"
Post a Comment