काङग्रेस सांसद शिब बहादुर खड्का जेष्ठ नागरिक संघ रामेछापद्धारा सम्मानित ।।

१४ चैत्र आईतबार २०७२

नेपाली काग्रेसका सांसद शिब बहादुर खड्का सम्मानित हुनु भएको छ । जेष्ठ नागरिक संघ रामेछापले उहाँलाई आफ्नो प्रथम बार्षिक साधारण सभाको अवसर पारेर  शनिबार जेष्ठ नागरीक हरुको हक हितमा उल्लेख्य योगदान गरेको भन्दै सम्मानित गरेको हो । कार्यक्रमका अवसरमा ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायण दाश श्रेष्ठले सांसद खड्कालाई दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गर्नु भएको हो ।सो अबसरमा उहा लगाएत ८४ बसन्त उमेर पार गरेका ४० जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा  रामेछापका जेष्ठनागरीकहरुले सरकाले जारी गरेको ऐन अनुसार सेवा सुबिधा नापाएको गुनासो  समेत सरोकारवालाहरुले गरेका थिए । सरकारले जेष्ठ नागरिक ऐन २०६३ सालमै ल्याएको भएपनि सो ऐन लागु नभएकोमा उनीहरुले दुःख प्रकट गरेका थिए । कार्यक्रममा नेपाली काग्रेसका झप्पड राज भण्डारी, राप्रपा नेपालका मणिराज तमाङ,राप्रपाका रामचन्द्र कडेल, महिला विकास अधिकृत शुशिला वाग्ले, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, जिल्ला ज्येष्ठ नागरिक संघ सिन्धुलीका अध्यक्ष देवी प्रसाद देवकोटा लगाएतले बोल्नुभएको थियो। 

0 Response to "काङग्रेस सांसद शिब बहादुर खड्का जेष्ठ नागरिक संघ रामेछापद्धारा सम्मानित ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ