संविधान कार्यान्वयनमा सबै पक्ष एक भएर लाग्नुपर्छ ः गृहमन्त्री बस्नेत ।।
२२
फागुण शनिबार २०७२
गृहमन्त्री
शक्ति बहादुर बस्नेतल जारी भएको संविधान कार्यान्वयनमा सबै पक्ष एक भएर
लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाली लामो तपस्या र बलिदानबाट बाट
प्राप्त संविधानले सबैमा अपनत्वको महसुस भएको बताउनुभयो । वाइसिएल रामेछापको
तेस्रो तथा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीको १६ औ
जिल्ला अधिबेषनलाइ सदरमुकाम मन्थलीमा शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो
बताउनुभएको हो । एमाओवादीका नेता समेत रहनुभएका मन्त्री बस्नेतले संविधानले हिमाल, पहाड, तराइ सबै क्षेत्रका नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरेको दाबि
गर्नुहुदैे गृहमन्त्री बस्नेतले सरकार
अहिले नेपालको स्वाधिनता र स्वतन्त्रताको पक्षमा लागिपरेको धारणा राख्नुभयो ।
उहाँले
संविधानमा उल्लेख भएका नीतिनियम कार्यान्वयन कुन पार्टीले गर्छ, गर्दैन यता तिर बहस चलाउनुपर्ने
अहिलेको आवश्यकता भएको बताउनुभयो । सरकारले भुकम्पपिडित नागरिकलाई बर्षाद अगाडि नै
आवास भित्र बसाउने योजना अगाडि बढाएकाले सबै पुननिर्माणमा लागी पर्ने मन्त्री
बस्नेतले बताउनुभयो ।त्यसैगरी पुर्व शान्ती तथा पुर्ननिमाण मन्त्री सत्य पहाडिले
राज्यलाइ उत्तरदायि र जनताप्रतिको कर्तव्यको ग्यारेन्टी गर्न सविधानले महत्वपूर्ण
भुमिका खेल्ने बताउनुभयो । त्यसैगरी योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय
अध्यक्ष आरसि शर्माले युवा उर्जा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने धारणा
राख्नुभयो । उहाँले राज्यले रोजगारीका क्षेत्र किटानी अगाडि युवालाई उचित स्थान
दिनुपर्ने बताउनुभयो ।त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु
क्रान्तिकारीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा
परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले अझैपनि विद्यालय तहका विद्यार्थिले
निशुल्क शिक्षा पाउन नसकेको दावी गर्नुभयोे ।

0 Response to "संविधान कार्यान्वयनमा सबै पक्ष एक भएर लाग्नुपर्छ ः गृहमन्त्री बस्नेत ।।"
Post a Comment