मेस्सीलाई पछ्याउँदै रोनाल्डो, रियल मड्रिडबाट ३५२ गोल गर्ने खेलाडि बने ।।

फागुण आईतबार २०७२

क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट तीन सय ५० भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् । शनिबार राती ला लिगा अन्तर्गत सेल्टा डी भिगोसँगको खेलमा चार गोल गरका रोनाल्डोले अहिलेसम्म रियल मड्रिडबाट विभिन्न प्रतयोगितामा गरी तीन सय ५२ गोल गरेका छन् । यो खेलमा रियल मड्रिड ७१ ले विजयी भयो ।
यो खेलमा रोनाल्डोले ५०, ५८, ६४ र ७६ औं मिनेटमा गरी चार गोल गरेका हुन् । रियल मड्रिडका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता रोनाल्डो ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा पनि दोस्रो स्थानमा उक्लिएका छन् । रोनाल्डोले ला लिगामा अहिलेसम्म दुई सय ५२ गोल गरेका छ । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले ला लिगाका दुई २८ खेलमा दुई सय ५२ गोल गरेका हुन् ।


0 Response to "मेस्सीलाई पछ्याउँदै रोनाल्डो, रियल मड्रिडबाट ३५२ गोल गर्ने खेलाडि बने ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ