अमेरिकी चालकरहित विमानको हमलामा १ सय ५० लडाकुको मृत्यु ।।
२५ फागुण मंगलबार २०७२
सोमालियामा अमेरिकी हवाई
हमलामा त्यहाँको विद्रोही समूह ‘अल शबाब’ का एक सय ५० भन्दा बढी लडाकु मारिएका छन् । मानवरहित विमान ‘ड्रोन’ ले गरेको हमलामा
ती लडाकु मारिएको वीवीसीले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार लडाकुहरु
जम्मा भएको सूचनाका आधारमा गरिएको कारवाहीमा ती लडाकु मारिएका हुन् । अमेरिका र
अफ्रिकी संघका सुरक्षा बललाई लक्षित गरी हमलाको तयारीमा रहेका विद्रोहीहरु
शिविरबाट निस्कनु अघि नै अमेरिकी ड्रोनबाट कारवाही गरिएको थियो । राजधानी
मोगादिसुबाट करिब १२० माइल उत्तरी क्षेत्रमा सो कारवाही गरिएको जनाइएको छ ।
0 Response to "अमेरिकी चालकरहित विमानको हमलामा १ सय ५० लडाकुको मृत्यु ।।"
Post a Comment