रामेछापमा मिनि पोष्ट फुटबल प्रतियोगिता सुरु¸आईतबार ६ खेलहरु सम्पन्न ।।
२३ फागुण आईतबार
२०७२
रामेछाप सदरमुकाम मन्थलीमा आईतबारबाट मिनि पोष्ट फुटबल प्रतियोगिता सुरु भएको
छ । शान्तीदिप युवा क्लव मन्थलीको आयोजनामा सुरु भएको प्रतियोगीतामा आज ६ खेलहरु
भएका छन् । आईतबार शान्तीदिप युवा क्लव र मंगलादेबि बिच भएको खेलमा शान्तीदिप ६–१ ले बिजयी भएको
छ ।
त्यस्तै ए बि.सि. र मन्थली सामस्कृतिक ए टिमबिच भएको खेलमा मन्थली सास्कृतिक २– ०ले ,न्यु स्टार ए र
न्यु स्टार बि बिच भएको खेलमा न्यु स्टार ए ६– ० ले बिजयी भएको छ । त्यस्तै जुनार स्कर्स र
माझी जागरन बिच भएको खेल एक एकको बराबरिमा रोकियो भने त्रीशक्ती र सितादेबि बिच
भएको खेलमा त्रिशक्ति ४– ०ले बिजयी भएको छ ।
न्यु स्टार ए र मन्थली सास्कृतिक बिच भएको खेलमा मन्थली
साँस्कृतिक ए ०–१ ले बिजयी भएको छ । २६ गते सम्म संचालन हुने प्रतियोगितामा पहिलो हुनेले २०
हजार,दोस्रो हुनेले १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले
जनाएको छ । प्रतियोगीतामा रामेछाप जिल्लाका १४ टिमको सहभागिता रहेको छ ।

0 Response to "रामेछापमा मिनि पोष्ट फुटबल प्रतियोगिता सुरु¸आईतबार ६ खेलहरु सम्पन्न ।।"
Post a Comment