पुननिर्माणलाई सहयोग पुग्ने खालको कार्यक्रम ल्याउन गैससहरुलाई रामेछापका प्रजिअ पौडेलको आग्रह।।
१८ चैत्र बिहिबार
२०७२
रामेछापका प्रमुख जिल्ला
अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनःनिर्माणको महत्वपुर्ण चरणमा रहेकाले
गैर सरकारी संस्थाहरुले कार्यक्रम ल्याउदा पुनःनिर्माणलाई सहयोग पुग्ने खालको
कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
उहाँले कार्यक्रम ल्याँउदा राम्रो संग आवश्यकता पहिचान गरेर ल्याउन पनि अनुरोध गर्नुभयोे । रामेछापमा काम गरिरहेको मानसिक स्वास्थ्य परामर्ष केन्द्र नेपालले जिल्ला प्रसाशन कार्यालयमा बुधबार गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संस्थाहरुले काम गर्दा सरोकारवाला निकाय संग समन्वय गर्न कन्चुसाई गरेको भन्दै अबदेखि समन्वयन गरेर काम र कामको जानकारी गराउन निर्देशन पनि दिनुभयो । जिल्लाका ६ वटा गाविसहरुमा मानसिक मरामर्शको काम गरिरहेको र अहिले सम्म २ हजार २ सय ६६ जना मानिसहरुलाई काउन्सीलिङ गरि १४ जनालाई काठमाण्डौमा लगरे उपचार गरेको संस्थाको तर्फबाट पशुपति महतले जानकारी गराउनुभएको छ ।
महतले कार्यक्रमलाई
प्रभाबकारी बनाउन सबैको सहयोग चाहिने पनि बताउनुभयो । कार्यक्रममा जिल्ला
स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रकाशप्रसाद साहाले संस्थाले सरोकारवाला निकाय
संग समन्वयन गरेर अगाडि बढेमा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले जुनै
पनि कार्यक्रम समन्वयनविना सफल हुन नसक्ने भन्दै मानसिक स्वास्थ्य परामर्ष केन्द्र
नेपालले पनि आफुहरु संग कम समन्वयन गरेको बताउनुभयो । जिल्लामा स्वास्थ्य सम्बनधी
हुने कार्यक्रमका बारेमा आफुलाई थाहा हुनुपर्ने तर समन्वयनका अभाबका कारण कति
सस्थाहरुका कामका बारेमा थाहा नभएको उहाँको भनाई छ । कार्यक्रममा सहभागी राजनितिक
दलका नेताहरुले सस्थाहरु बिभिन्न बाहानामा जिल्लामा आउने तर तिनिहरुको काम भने
त्यति प्रभाबकारी नभएको भन्दै एकद्धार प्रणलीबाट संस्थाहरुले काम गर्नुपर्नेमा जोड
दिएका छन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयका प्रमुख शुसिला वाग्लेले भने
मानसिक रोग लागेको मानिसहरुलाई राख्ने ठाँउको अभाब रहेको बताउनुभयो । उहाँले
दिमागले कामै नगर्ने भएपछि मानसिक रोगिले जे पनि व्यवहार गर्ने र जता पनि जाने
भएकाले त्यस्ता रोगिहरुका लागी केहि समय राख्न भनेपनि सुरक्षित ठाँउको व्यवस्था
चाडै गर्नुपर्नेमा जोड दिनुभयो ।

0 Response to "पुननिर्माणलाई सहयोग पुग्ने खालको कार्यक्रम ल्याउन गैससहरुलाई रामेछापका प्रजिअ पौडेलको आग्रह।।"
Post a Comment