सूर्य ग्रहण सुरु, नेपालमा ६ बजेर २२ मिनेटमा ग्रहण देख्न सकिने ।।
२६ फागुन बुधबार २०७२
बुधबार बिहान ५ बजेर ५७
मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेटमा सूर्यग्रहण
सुरु भएपनि नेपालमा भने ६ बजेर २२ मिनेट जाँदा सूर्य उदाउने भएकाले त्यसपछि मात्र
देख्न सकिने ज्योतिषशास्त्री डाक्टर बासुदेव कृष्णशास्त्रीले बताउनुभयो ।
उहाँका
अनुसार बिहान ७ बजेर २ मिनेटमा सूर्य ग्रहण सकिन्छ । ६ बजेर २७ मिनेटमा यसको मध्य
समय हुने उहाँको भनाइ छ । निकै लामो समयको अन्तरमा यस्तो ग्रहण देखिन्छ । ग्रहण
लागेका बेला सूर्यको विकिरण धर्तिमा पर्ने भएकाले ग्रहण लाग्ने बेलासम्म खान र
सूर्यलाई हेर्न नहुने जानकारहरु बताउँछन् ।
0 Response to "सूर्य ग्रहण सुरु, नेपालमा ६ बजेर २२ मिनेटमा ग्रहण देख्न सकिने ।।"
Post a Comment