आरआरएनद्वारा रामेछापमा सञ्चालित योजनाहरुको निरीक्षण ।।
१७
चैत्र बुधबार २०७२
नेपाल
ग्रामीण पुनर्निर्माण संस्था आरआरएन रामेछापले जिल्लाका विभिन्न गाविसमा सञ्चालन
गरेका योजनाहरुको दातृ निकायसहितको टोलीले निरीक्षण गरेको छ । आरआरएनले रामेछापको
गेलु, चिसापानीमा सञ्चालन गरेका सडक, खानेपानी, शिक्षा, सिँचाई र कृषि जस्ता योजनाको बिएमजेड, डब्लूएचएचका प्रतिनिधीले स्थलगत निरीक्षण गरेका हुन् ।निरीक्षण
टोलीमा जर्मन सहयोगका कार्यकारी अधिकृत म्याथेस मोगे, डब्लूएचएच जर्मनीका आसिया हनानो र
नेपालका लागि कार्यक्रम अधिकृत सुरेन्द्र गौतम, आरआरएनका
कार्यक्रम प्रवन्धक बालकृष्ण चौधरी र निराजन पोख्रेल, रामेछाप संयोजक होमराज बिसुराल लगायतको
सहभागीता थियो ।सो क्रममा गेलुको साबाडाँडादेखि थालडाँडासम्म
निर्माण गरिएको सडकको सोलिङको समेत निरीक्षण गरिएको थियो । सो सडक ९० लाखको लागतमा
निर्माण गरिएको थियो । सडक सोलिङ भएपछि वर्षैभरि यातायात सञ्चालन हुने सडक निर्माण
उपभोक्ता समितिका अध्यक्ष अर्जुनकुमार केसीले बताए । टोलीले गेलुस्थित सामुदायिक
भवनमा किसानसँग अन्तरक्रिया गर्नुका साथै शारदा उमावि साबाडाँडामा संस्थाको
सहयोगमा निर्माणाधीध विद्यालय भवनका सम्बन्धमा शिक्षक र अभिभावकसँग छलफल पनि गरेको
थियो ।त्यसैगरी आरआरएनको २५ लाख रुपैयाँको सहयोगमा चिसापानीस्थित बफरखोलादेखि
जबदेसम्म बनाइएको २ किलोमिटर लम्बाइको सिँचाइ कुलोको पनि टोलीले अवलोकन गरी
उपभोक्तासँग अन्तरक्रिया गरेको थियो । कुलो निर्माणपछि वर्षैभरि सिँचाइ उपलब्ध
भएकाले अब परम्परागत खेतीबाट व्यावसायिक खेतीमा लाग्ने स्थानीय तुलसीदास श्रेष्ठले
बताउनुभयो ।
0 Response to "आरआरएनद्वारा रामेछापमा सञ्चालित योजनाहरुको निरीक्षण ।।"
Post a Comment