महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु

२५ फागुन मंगलबार २०७२

 नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्ष चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ । मतगणना कांग्रेस केन्द्रिय कार्यालय सानेपामा सुरु भएको हो ।मतपरिणाम बेलुकीसम्ममा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिष्पर्धामा हुनुहुन्छ ।केसी र चित्रलेखा यादव शेरबहादुर देउवाको प्यानलबाट, थापा र चौधरी कृष्णप्रसाद सिटौला तथा कोइराला र सितादेवी यादव रामचन्द्र पौडेलको प्यानलबाट प्रतिष्पर्धामा उत्रिनु भएको हो । कार्कीले भने एकल उम्मेदवारी दिनुभएको हो ।कांग्रेसको सभापतिमा देउवा निर्वाचित भइसक्नु भएको छ । कोषध्यक्ष र महामन्त्रीको मतगणना सकेर केन्द्रिय सदस्यको मतगणना गर्ने तयारी छ । 

0 Response to "महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु"

Post a Comment

Powered by सुदिप श्रेष्ठ